दलितका लागि सेनाले बनायो सामुदायिक भवन

दलितका लागि सेनाले बनायो सामुदायिक भवन

राजविराज : नेपाली सेनाले मुसहर बस्तीमा दलितका लागि सामुदायिक भवन बनाएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका-३मा भिम दल गणले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत उक्त सामुदायिक भवन निर्माण गरिदिएको हो।

एक कार्यक्रम गर्दै सेनाले बुधबार उक्त भवन स्थानीय समुदायलाई हस्तान्तरण गरेको छ। तीन लाख पाँच हजार रुपियाँको लागतमा उक्त भवन बनाइएको गणका प्रमुख सेनानी गुप्तबहादुर कुवँरले जानकारी दिए। गरिबीको चरम अवस्थामा रहेका मुसहर समुदायको कष्टकर जीवन देखेर गत पुस १५ गते देखि गणका प्राविधिक सहितको टोलीले भवन निर्माण सुरु गरेका थिए।

स्थानीयको आग्रहमा गणका सेनानी अमरबहादुर थापा नेतृत्वको १५ जनाको सैन्य टोलीले श्रमदान गरी मुसहर बस्तीमा भवन बनाएको हो। निर्माणकार्य सम्पन्न भएपछि समुदायलाई भवन हस्तान्तरण गरिएको गणपति कुँवरले जानकारी दिए।

आगलागी, बाढी जस्ता विपदका बेला जोखिमबाट जोगिन र बहुमुल्य सामान सुरक्षित ढंगले राख्न सकियोस भन्ने उदेश्यले सुरक्षित सामुदायिक भवन निर्माण गरिएको सेनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.