सडकमै चालकको आँखा जाँच्दै ट्राफिक

सडकमै चालकको आँखा जाँच्दै ट्राफिक

सिमरा : दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले बिहीबार सडकमै चालकको आँखा परीक्षण गरेको छ। केही समययता विभिन्न रचनात्मक काम गर्दै आएको कार्यालयले चालकको लापरवाहीका कारण हुने दुर्घटना रोक्न सडकमै सवारी रोकेर आँखा परीक्षण गरेको हो।

पथलैया–सिमरा सडकखण्डमा केडिया आँखा अस्पतालका चिकित्सकले चालकको आँखा परीक्षण गरेका थिए। परीक्षणका क्रममा थुप्रै चालकको आँखामा समस्या देखिएपछि औषधि उलपब्ध गराएको र थप उपचारका लागि अस्पताल जान सुझाएको नेत्र अधिकृत शैलेश पौडेलले जानकारी दिए। 

बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएपछि पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले आफ्नो मातहतका आठ वटा जिल्लामा सवारी जाँचसँगै चालकको स्वास्थ्य परीक्षणको अभियान सुरु गरेको थियो। कार्यालयले यसअघि अमलेखगञ्जमा चालकको मानसिक अवस्थाको विषयमा समेत जाँच गरेको थियो। 

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रिपेन्द्रकुमार सिंहले चालकले आफ्नो स्वास्थ्यतर्फ ध्यान नदिने गरेको र बिहानदेखि रातीसम्म सवारी चलाउँदा दुर्घटना हुने सम्भावना भएकाले अभियान सुरु गरेको बताए। आठ वटै जिल्लामा यस्तो कार्यक्रम सञ्चालन भइरहेको भन्दै प्रहरी निरीक्षक सिंहले यस्तो कार्यक्रमबाट दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने बताएका छन्। आँखा परीक्षणँंगै ट्राफिक प्रहरीले सवारीको अवस्थाको बारेमा समेत जाँच गरेको थियो। एमबी दुगर ग्रुपका प्राविधिकको सहयोगमा सवारीको जाँच गरिएको प्रहरी निरिक्षक सिंहले जानकारी दिए।
  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.