डा. केसीविरुद्ध अनशन: त्रिविमा आइसियु नपाएपछि विजय पुगे माइतीघर

डा. केसीविरुद्ध अनशन: त्रिविमा आइसियु नपाएपछि विजय पुगे माइतीघर

काठमाडौं : डा. गोविन्द केसीको अनशनविरुद्ध आठ दिनदेखि उल्टै अनशनमा बसेका विजय थापा त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि आइसियु नपाएपछि माइतीघर मण्डलामा आएका छन्। 

शुक्रबार बिहान मात्र इलाम हुँदै झापाको भद्रपुर विमानस्थलबाट सेनाको हेलिकोप्टरमा उपचारका लागि काठमाडौं ल्याइएका थापालाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो 

डा. केसीलाई आइसियुमा राखिएको तर आफूलाई आकस्मिक कक्षमै राखेर उपचार सुरु गरिकोप्रति आपत्ति जनाउँदै थापा माइतीघर आएका हुन्। 

उनका सहयोगी पुष्प भण्डारीका अनुसार विजय केहीबेरअघि मातीघर आएका हुन्। केसीको अनसनविरुद्ध अनशन बस्न थापा आठ दिनअघि इलाम पुगेका थिए। केसीलाई काठमाडौं ल्याइएपछि उनलाई पनि ल्याइएको हो। 

माइतीघर मण्डलामा केसी समर्थकले शनिबार दिउँसो प्रदर्शनको तयारी गरेका छन्। थापाको अनशन त्यही सुरु भएपछि झडपको सम्भावना बढ्ने देखिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.