सिमरा गोल्डकप : एपीएफ क्वार्टरफाइनलमा

सिमरा गोल्डकप : एपीएफ क्वार्टरफाइनलमा

सिमरा : वीरगन्जमाथि संघर्षपूर्ण जित निकाल्दै विभागीय टोली एपीएफ क्लब सिमरामा जारी दशौं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा वीरगन्जको विशाल मेमोरियल फाउन्डेसनलाई १–० गोलले पराजित गर्दै एपीएफ अन्तिम आठमा पुगेको हो।

एपीएफलाई जित दिलाउन आशिष लामाले खेलको ३६औं मिनेटमा निर्णायक गोल गरेका थिए। सुदीप शिखाकारको क्रसमा आशिषले बललाई जाली चुमाएका थिए। उनी खेलको म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार पुरस्कार प्राप्त गरे।

एपीएफ वीरगन्जमाथि हावी भए पनि थुप्रै अवसर खेर फाल्दा आशिषको गोल नै निर्णायक बन्न पुग्यो। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको एपीएफले वीरगन्जलाई दबाबमा राखे पनि थुप्रै अवसर खेर फालेको थियो। खेलको १७औं मिनेटमा सन्तोष श्रेष्ठको कर्नर बलमा एपीएफका राजेन्द्र रावल गोल गर्न चुकेका थिए। उनको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो। त्यसलगत्तै सन्तोषकै क्रसमा राजन गुरुङले पनि सुन्दर अवसर खेर फालेका थिए। उनको प्रहार पनि क्रसबारमाथिबाट बाहिरियो।

रक्षात्मक खेल खेलेको वीरगन्जले पहिलो हाफमा खासै अवसर बनाउन सकेन्। खेलको ३३औं मिनेटमा शिव श्रेष्ठले डीबक्सभित्र पाएको अवसर सदुपयोग गर्न सकेनन्। उनको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले नियन्त्रणमा लिएका थिए। दोस्रो हाफमा पनि वीरगन्ज रक्षात्मक बन्दा एपीएफले खेललाई नियन्त्रणमा लिएको थियो।

वीरगन्जका प्रशिक्षक सुलभजंग राणाले बलियो टोलीसँग युवा खेलाडीले तालमेल बनाउन नसकेको बताए। उनले दोस्रो हाफको अन्तिम समयमा आक्रामक रणनीति अपनाए पनि अवसर गुमाउन पुग्दा पराजय भोग्नुपरेको बताए।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले राम्रा अवसर गुमाउँदा जित कठिन भएको बताए।

प्रतियोगिताअन्तर्गत शनिबार संकटा र सरस्वती युथ क्लबबीच खेल हुनेछ। प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.