‘प्रदेश २ को नाम मधेस प्रदेश’

‘प्रदेश २ को नाम मधेस प्रदेश’

सिरहा : प्रदेश २ मा प्रदेश सरकारले नामांकन लागि सुझाव संकलन गरिरहेको बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ को नाम चाडै नै ‘मधेस प्रदेश’ हुने बताएका छन्। 

उनले प्रदेश २ का सरकारले सिरहाको लहानमा आयोजना गरेको १२ औँ बलिदानी दिवसको कार्यक्रममा यस्तो बताएका हुन्।

स्वास्थ्य मन्त्री यादवले संघीयता, गणतन्त्र र समावेशिता कांग्रेस-कम्युनिस्टले नपचाइरहेको आरोप पनि लगाए। ‘उनीहरुलाई संघीय प्रणाली टाउँकोमा लादेको महसुस भइरहेको छ,’ उनले भने, ‘आफैंले बनाएको संविधानमा इमानदारिता देखाउँदैन।’ 

संविधानमा सबै वर्ग समुदायको चेहरा देख्ने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ। संविधान संसोधन नभए संघर्षमा जाने उनले बताए।  

मन्त्री यादवले सरकारमा गएको विषयमा समेत बोले । ‘धेरैले भन्ने गर्छ सरकारमा गयो, तर आफूहरु संविधान संशोधनकै लागि मत दिएको र सरकारमा गएका छौँ,’ उनले भने,‘मतले दुई तिहाइको सरकार बनेको छ, संविधान संशोधनका लागि पनि दुई तिहाई चाहिन्छ, त्यसैले सरकारमा गएका छौँ।’
    
संघीयता भाड्ने षडयन्त्र भइरहेको उनको भनाइ  छ। अहिले प्राप्त अधिकारलाई संस्थागत गर्दै बाँकी अधिकार प्राप्तीका लागि संघर्ष गर्दै जाने उनले बताए। 

‘प्रदेश सरकारसँग अधिकार, जनशक्ति र स्रोतसाधन सिमित छ, कसरी काम गर्छ ?,’ उनले भने,‘प्रदेशलाई अधिकार दिनुपर्छ, प्रदेश २ अगाडि बढेमात्रै संघीय गणतन्त्र संस्थागत हुन्छ।’ सबैको आशा र भरोसा प्रदेश २ माथि रहेको उनले बताए।
   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.