छाउ हुँदा विद्यालय जाँदैनन् डोटीका किशोरी

छाउ हुँदा विद्यालय जाँदैनन् डोटीका किशोरी

डोटी : डोटीको सायल गाउँपालिका-२ सिर्मामा रहेको तामेश्वरी आधारभूत विद्यालयमा जम्मा दुई सय ६८ विद्यार्थी अध्ययनरत छन्। जसमा २९ महिनावारी हुने किशोरी छन्। तर उनीहरु महिनावारी भएका बेला विद्यालय जाँदैनन्।

विद्यालयकी प्रधानाध्यापक गोमा खातीले एक घटना सुनाइन, 'कक्षा ८ की छात्रा देवी ओली गत आइतबार दिउँसो विद्यालयबाट भागिन्। उनी चौथो दिन बुधबार मात्रै विद्यालय आएकी थिइन। मैले देवीसँग विद्यालयबाट भाग्नुको कारण सोध्दा उनले उत्तर दिइन, 'मेडम म छाउ (महिनाबारी) भएर कक्षाकोठाबाटै घर गएँ।'

प्रधानाध्यापक खातीले गएको साता भगु ओलीले पनि यस्तै कुरा सुनाएको बताइन्।विद्यालयमै महिनावारी भएकी भगु पनि भागेर घर गइन् र चौथो दिन मात्रै विद्यालय आइन्, खातीले भनिन्, 'स्कुलमै महिनावारी भएपछि कक्षा कोठाबाटै भागेर जान्छन्' उनले भनिन्, 'त्यसपछि चार दिनसम्म विद्यालय नै आउँदैनन्।'

कसैकसैले त किताब समेत विद्यालयमै छोडेर जाने गरेको समेत खातीले सुनाइन्। प्रधानाध्यापकले महिनावारी भएको बेला कुनै पनि छात्रा विद्यालय नआउने गरेको  जानकारी दिइन्।

किन आउँदैनन् त छात्राहरु महिनावारी हुँदा विद्यालय? कक्षा ७ मा अध्ययनरत एक छात्राले भनिन्,'महिनावारी हुँदा रगत निस्कन्छ र लुगामा लाग्छ, त्यसैले हामी आउँदैनौं।' यसरी लुगामा रगत लागेको देखेपछि केटाहरु जिस्काउने गरेका कारण आफु विद्यालय नआउने गरेको उनको भनाई छ। ‘बेन्चमा बसेपछि बेन्चमा समेत रगत लाग्छ, कोठामा फोहोर हुन्छ’ ति छात्राले भनिन् ‘अनि कसरी विद्यालयमा बस्नु?'

विद्यालयमा सेनिटरी प्याड वा रगत सोस्न प्रयोग गर्ने टालो फेर्ने व्यवस्था नभएका कारण आफूहरुलाई समस्या भएको छात्राहरु बताउँछन्। उनीहरु भन्छिन्, 'न टालो फर्ने ठाउँ छ न फेरेको फोहोर टालो फाल्ने उचित ठाउँ छ, बाहिर फालेको देखेपछि केटाले तीन÷चार दिनसम्म जिस्काउँछन्।'

यदि विद्यालयमा सुरक्षित रुपमा टालो फेर्ने र फाल्ने ठाउँ भए आफूहरु नियमितरुपमा विद्यालय आउने छात्राहरुको भनाई छ । उनीहरु भन्छन्, 'नियमित विद्यालय आउन त हामीलाई पनि रहर छ, तर के गर्नु बाध्यता छ' महिनावारी भएको कुरा अरुलाई भन्न पनि लाज लाग्ने गरेकाले आफू कसैलाई नभनी भाग्ने गरेको कक्षा-८ मा पढ्ने एक अर्का छात्राले सुनाइन्। उनी थप्छिन्, 'खै, किन हो, मानसिकतानै अर्कै भइहाल्छ, अनि कसैलाई केही नभनी भाग्छु।'
 
छात्राहरुलाई सेनीटरी प्याड फेर्ने सुरक्षित कोठा र प्याड डिस्पोजल गर्ने खाल्डो निर्माण गरिदिन प्रधानाध्यापक खातीले विद्यालयमा भूकम्प प्रतिरोधी भवन र शौचालय बनाइ दिने गैर सरकारी संस्थाका प्रतिनिधिलाई आग्रह गरेकी छिन्।

छात्राहरु नियमित विद्यालय नआएका कारण उनीहरुको पढाइको गुणस्तर पनि राम्रो नभएको खातीले बताइन्। सामुदायिक स्रोतबाट कक्षा ६/७ को अध्यापन गराइरहेको विद्यालयले शिक्षकको तलब भत्ताका लागि रकम जुटाउन पनि समस्या भएको भन्दै खातीले निर्माणका कामहरु गर्नका लागि स्रोत नभएको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.