सकियो माघे संक्रान्ति पर्व

सकियो माघे संक्रान्ति पर्व

गाईघाट : उदयपुरका मगर समुदायले माघे संक्रान्ति पर्व पाँच दिन मनाएका छन्। नेपाल मगर संघ त्रियुगा नगर कमिटीको आयोजनामा शनिबार कालीखोलामा सांस्कृतिक कार्यक्रमसहित पर्व समापन गरिएको हो।

परम्परागत वेशभूषामा सजिएका युवायुवतीले हुर्रे, कौडा, मारुनीजस्ता नृत्य प्रस्तुत गरेका थिए। सेलरोटी, गुन्द्रुकको अचार, तरुल, तिलका लड्डुको स्वाद पनि उनीहरूले आगन्तुकलाई चखाएका थिए। इतिहास, भाषा, संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको संघको त्रियुगा नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र मगरले बताए। उनका अनुसार मगर संवत् ५०१२ को स्वागतसमेत गरियो। आफन्तजनसँग भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइएको उनले सुनाए।

संघका प्रदेश १ अध्यक्ष तेजकुमार आले मगरले सरकारले अरू जातजातिका पर्वमा बिदाको व्यवस्था गरे पनि आफ्नो समुदायको पर्वलाई भने उपेक्षा गरेको गुनासो गरे। सबै जातजातिलाई समान ढंगले हेर्नुपर्ने उनको भनाइ थियो। त्रियुगाका मेयर बलदेव चौधरीले समुदायको रूपान्तरणका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.