अन्नपूर्णको सुदुर पश्चिम कार्यालय उद्घाटन

अन्नपूर्णको सुदुर पश्चिम कार्यालय उद्घाटन

धनगढी : अन्नपूर्ण मिडिया नेटवर्कको सुदुर पश्चिम प्रदेश ब्यूरो कार्यालयको औपचारिक उद्घाटन भएको छ। कैलालीको धनगढीमा रहेको कार्यालय सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले सोमबार उद्घाटन कार्यालयको गरेका छन्।

देश संघीयतामा गइसकेपछि अन्नपूर्ण मिडिया नेटवर्कले सातैवटा प्रदेशमा ब्यूरो कार्यालय स्थापना गरेको थियो। सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा केहि महिना अघि कार्यालय स्थापना गरिएको थियो।

कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले अन्नपूर्ण मिडिया नेटवर्कले यस प्रदेशका समस्या उठान गर्न पहल गरोस भन्ने शुभकामना दिए। ‘संचार माध्यम हेर्ने आँखा हो,देखेको कुरो विश्लेषण गरेर कसरी दिने भन्ने कुरो महत्वपूर्ण हुन्छ’उनले भने,‘सकारात्मक विषयलाई समेत सबै जनतासम्म पुग्ने हिसाबले बाहिर ल्याउनुपर्छ।’

मुख्यमन्त्री भट्टले नकारात्मक विषय पनि सञ्चार माध्यममा आउनुपर्ने भन्दै त्यसलाई तोडमोड गरि ल्याउदा त्यसबाट समाजलाई नै हानि हुने बताए। ‘यो प्रदेशमा समस्या छन् यी समाधान गरेर नै अघि जानुपर्ने अवस्था छ केहि चुनौतीपूर्ण पनि छन्’उनले भने,‘ यो समाज रुपान्तरण गर्ने जिम्मेवारी सबैको हा, त्यसतर्फ सबै लाग्नुपर्छ।’ नयाँ व्यवस्था भएकाले यसलाई स्थापित गरेर समृद्धि नेपाल बनाएर लैजानुपर्ने समेत उनले बताए।

‘यो नयाँ व्यवस्था हामीले अङगालेर हिडेका छौं, यसलाई सफल बनाउन सबैको भुमिका आवश्यक छ’ उनले भने,‘ अहिले नै मुल्यांकन हुन लागेको छ, यो अलि हतार भए जस्तो लाग्यो।’    

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले संघीय ब्यवस्था केहि जटिल रहेको तर त्यसलाई ब्यवस्थित रुपमा अघि लैजान मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए।‘राम्रो काम राम्रो हिसाबले र नराम्रो विषय पनि त्यसैगरी बाहिर ल्याउनु मिडियाको भूमिका हो’उनले भने,‘अन्नपूर्ण मिडिया नेटवर्कले आगामी दिनमा अझै सशक्त भएर प्रकाशन र प्रशारणका सामाग्री बाहिर ल्याउने छ।

एपिवान टेलिभिजनका सम्पादक टिकाराम यात्रीले अन्नपूर्ण मिडियाले सबैलाई जोड्ने प्रयास गरेको भन्दै हरेक प्रदेशमा आगामी महिना देखि ३० मिनेटको समाचार प्याकेज पनि ल्याउने तयारीमा रहेको बताए।

 कार्यक्रमका सहभागीहरुले अन्नपूर्ण मिडिया नेटवर्कले समाज रुपान्तरणका विभिन्न मुद्दा उठान गर्नुपर्ने धारणा राखेका थिए। उनीहरुले पश्चिम नाका भएकाले यसका विषयमा समेत मुद्वा उठान गर्नुपर्ने बताए।

भाग्यशाली ग्राहक जोशी

अन्नपूर्ण पोस्ट्ले देशभर सञ्चालन गरेको ‘अन्नपूर्ण पोस्ट् उज्ज्वल भविष्यः उपहार जितिन्छ अवश्य’ वार्षिक ग्राहक योजना अन्तर्गत पुस महिनाको उपहार बैतडीका हरिशंकर जोशीले हात पारेका छन्।  

सोमबार प्रदेश ब्यूरो कार्यालयको उद्घाटनको क्रममा गरिएको लक्की ड्रमा रसिद नम्बर १६७८२ का ग्रहक हरिशंकर जोशीले मोटरसाइकल हात पारेका हुन्।

सुदूरपश्चिमका ग्राहकहरुबीच भएको लक्की ड्रमा उनले टीभीएसको स्ट्राइकर मोटरसाईकल जितेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य एवं कैलालीका बरिष्ठ व्यवसायी गोपाल हमालले लक्की ड्र गरेका थिए। उनले नै विजेताको नाम घोषणा गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.