लिपमोटर B03 इलेक्ट्रिक एसयूभी चाँडै नेपाल आउँदै
काठमाडौं : चिनियाँ बजारमा A10 र नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारमा चिनिने लिपमोटर B03 इलेक्ट्रिक एसयूभीलाई दैनिक उपयोगिता र आधुनिक इलेक्ट्रिक कार्यक्षमताको उत्कृष्ट संयोजन गर्ने गरी डिजाइन गरिएको छ ।
पहिलो पटक ग्वान्झाउ अटो शोमा सार्वजनिक गरिएको यो गाडी नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित छ, जसमा १०० किलोवाट पिक मोटरद्वारा सञ्चालित फ्रन्ट-ह्विल-ड्राइभ प्रणाली रहेको छ, जसले २०० एनएम टर्क उत्पन्न गर्दछ । यस गाडीमा १८ इन्चको एलोय ह्विल, तथा १४.६ इन्चको २.५के एचडी टचस्क्रिन, लेभल २ एडास ड्राइभर असिस्टेन्स र ५१० लिटरको फराकिलो बुट स्पेस जस्ता प्रिमियम सुविधाहरू रहेका छन् ।
नेपालका लागि लिपमोटर गाडीको आधिकारिक र एकमात्र आयातकर्ता सांग्रिला मोटर्स प्रालिले पहिलो लिपमोटर B03 चीनबाट आधिकारिक रूपमा प्रस्थान गरिसकेको र नेपालतर्फ आउने क्रममा रहेको पुष्टि गरेको छ ।
यो मोडल दुईवटा भेरियन्टमा उपलब्ध हुने अपेक्षा गरिएको छ, जसमा फरक-फरक ब्याट्री क्षमता र सुविधाहरूमा केही भिन्नता हुनेछन् । B03 को चिनियाँ संस्करण A10 ले चीनमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको छ, जसका कारण यस वर्षको जुन महिनामा मात्र ब्रान्डको बिक्री संख्या कीर्तिमानी ९३,३७६ युनिट पुगेको छ । यो गाडी नेपालको किफायती एसयूभी क्षेत्रमा पनि एक बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ ।
लिपमोटर स्टेलान्टिस संयुक्त उद्यमद्वारा समर्थित विश्वप्रसिद्ध इभी ब्रान्ड हो, जसको मातहतमा मसेराटी, जिप, प्युजो लगायत १४ वटा अग्रणी अटोमोबाइल ब्रान्डहरू रहेका छन् ।
चीनको अग्रणी इभी स्टार्टअपका रूपमा बलियो बजार हिस्सा ओगट्न सफल लिपमोटरको यो सफलता यसको १५ लाखभन्दा बढी विश्वव्यापी बिक्री गाडीहरूले प्रमाणित गर्दछ । विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको वृहत् नेटवर्कका कारण लिपमोटरका ग्राहकहरूले सदैव ढुक्क भई यात्रा गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस !