दराज नेपालद्वारा अग्रणी ब्रान्डहरूमा आकर्षक छुटको बहारसहित ७.७ महाबचत बजार अभियानको घोषणा

दराज नेपालद्वारा अग्रणी ब्रान्डहरूमा आकर्षक छुटको बहारसहित ७.७ महाबचत बजार अभियानको घोषणा
सुन्नुहोस्

काठमाडौं : नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ७.७ महाबचत बजार अभियानको आयोजना गर्ने घोषणा गरेको छ।  यस अभियानमार्फत ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा छुट तथा रोमाञ्चक उपहारहरू जित्ने सुवर्ण अवसर प्राप्त गर्न सक्नेछन्।

७.७ महाबचत बजार सेल अभियान, जुलाई ६ (असार २२, २०८३)को बेलुकी ८ बजेदेखि आरम्भ हुनेछ। अभियान अवधिभर ग्राहकहरूले विभिन्न क्याटेगोरीका उत्पादनहरूमा ७५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। साथै, निःशुल्क डेलिभरी र रु. ५० लाख बराबरका भौचरहरू समेत उपलब्ध हुने कम्पनीले जानकारी दिइएको छ। उपलब्ध गरिने यी अवसरले आयोजनाको तयारीमा रहेको बृहत्त सेललाई यस सिजनकै सबैभन्दा ठूलो तथा लाभदायक किनमेल अभियानमध्ये एक बनाउने कम्पनीको दावी छ।

ग्राहकहरूले सेल अवधिभर दराजका लोकप्रिय साझेदार ब्रान्डहरूका तर्फबाट विशेष अफरहरू पनि प्राप्त गर्न सक्नेछन्। प्लाटिनम ब्राण्ड पार्टनर्स अन्तर्गत एमडब्ल्यूसी, मसलब्लेज, प्लम, हानासा तथा पिल्ग्रिमका तर्फबाट ५० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था रहेको छ। त्यसैगरी, गोल्ड ब्राण्ड पार्टनर्स ब्राण्डहाउस, सुजुकी, कोसआरएक्स तथा एंकरका तर्फबाट ६० प्रतिशतसम्म छुट र सिल्भर ब्राण्ड पार्टनर्स एम्परस्यान्ड, मारिको, पि सेफ, फ्यानटेक तथा र्‍होतोका छानिएका उत्पादनहरू ८० प्रतिशतसम्मको विशेष छुटमा उपलब्ध गरिने ब्यवस्था गरिएको छ। 

ग्राहकहरूले ब्राण्ड रश आवरको विशेष अफरको पनि लाभ लिन सक्नेछन्। जुलाई ६को बेलुकी ८ बजेदेखि जुलाई ७को बिहान २ बजेसम्म सञ्चालन हुने यस विशेष अवधिमा १०० भन्दा बढी ब्रान्डका उत्पादनहरूमा ७५ प्रतिशतसम्म छुट उपलब्ध हुने जानकारी दिइएको छ। ग्राहकहरूको बचतलाई अझ बढाउन दराजले ईसेवासँग सहकार्य गरेको छ। ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरूले ब्राण्ड रश आवर अवधिमा १२ प्रतिशतसम्म (अधिकतम रु. २००) छुट तथा नियमित किनमेल अवधिमा १० प्रतिशतसम्म (अधिकतम रु. १,०००) छुट प्राप्त गर्न सक्नेछन्।

जति धेरै किनमेल उत्तिनै ठूलो उपहार जित्ने अवसर 

यस अभियानलाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ दराज नेपालले सेल अवधिभर विभिन्न आकर्षक गिभअवेहरू आयोजना गर्ने भएको छ। मेगा गिभअवे अन्तर्गत तीन जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत जनही एक एक थान स्मार्टफोन जित्न सक्नेछन्। पुरस्कारहरूमा नथिंग फोन फोर ए, मोटोरोला मोटो जी९६ फाइभजी र एआई प्लस पल्स टू रहेका छन्। यसका साथै, ग्राहकहरूले फ्यानटेक, अल्टिमा र बोस्सिनी लगायतका ब्रान्डका उत्पादनहरू समावेश गरिएका दैनिक गिभअवे मार्फत पनि आकर्षक पुरस्कारहरु जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।

दराजमा उपलब्ध कुनै पनि भुक्तानीका माध्यम प्रयोग गरी न्यूनतम रु. ५,००० बराबरको खरिद सफलतापूर्वक पूरा गर्ने ग्राहकहरू स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुनेछन्।  त्यसैगरी, सेल अवधिभर कम्तीमा एक पटक सफलतापूर्वक किनमेल गर्ने प्रत्येक ग्राहक दैनिक गिभअवेका लागि योग्य हुनुहुनेछन्। दैनिक विजेताहरूको घोषणा सेल अवधिभर हरेक दिन दिउँसो ३ बजे दराज नेपालको टिकटक च्यानलमार्फत प्रत्यक्ष (लाईभ) गरिने जानकारी दिइएको छ।

अविश्वसनीय छुट, विशेष डिजिटल भुक्तानी अफर, निःशुल्क डेलिभरी तथा आकर्षक पुरस्कारहरूसहित दराजको ७.७ महाबचत बजारले यस सिजनकै सबैभन्दा ठूलो र सबैभन्दा लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.