शावमीको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा
काठमाडौं : शाओमीले काठमाडौंको न्युरोडको ताम्राकार हाउसको छैटौं तलामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। यो सर्भिस सेन्टर शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन), तथा आईओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।
सर्भिस सेन्टरले शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ। यो सर्भिस सेन्टरको सञ्चालन वत्सल इम्पेक्स प्रालिले गर्नेछ। वत्सल इम्पेक्स शारदा ग्रुपअन्तर्गतको कम्पनी हो, जसले शाओमी ब्रान्डका लागि सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !