धरौटी बुझाउन नसक्दा कारागार चलान
ताप्लेजुङ : ताप्लेजुङमा ज्यान मार्ने उद्योग मुद्धाका दुईजनालाई सोमबार कारागार चलान गरेको छ। जिल्ला अदालतले मागेको धरौटी बुझाउन नसक्दा २७ वर्षीय अविरल मास्वा लिम्बू र २२ वर्षीय सुनिल याक्युपा लिम्बूलाई कारागार चलान गरेको हो।
जिल्ला न्यायाधीश कृपासुर कार्कीको इजलासले मैवा खोला गाउँपालिका-१ ढुङेसाँघु निवासी लिम्बूद्वयलाई अदालतले जनही १ लाख १० हजार धरौटी माग गरेको थियो। दुवैले धरौटी बुझाउन नसकेकाले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी संञ्जयसिंह थापाले जानकारी दिए।
उनीहरुले २०७४ भदौ ३१ गते दिउँसो ढुङेसाँघुका ३८ वर्षीय शुक्रराज लिम्बूलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए। दुवैजना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको थियो।