गोगंबुमा गोली चल्यो: एक घाइते

गोगंबुमा गोली चल्यो: एक घाइते

काठमाडौं : हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाइलागेपछि गोंगबुमा प्रहरीले गोली चलाएको छ। 

मंगलबार अपरान्ह गोगंबुस्थित होटल लकमा बसेका काभ्रेका अभिलाश तामाङमाथि प्रहरीले गोली चलाएको हो। तामाङ हतियार कारोबारी भएको सूचना पाएपछि महानगरीय प्रहरी परिसर टेकुको टोली पक्राउ गर्न गोगंबु पुगेको थियो। 

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार प्रहरीमाथि नै फायरिङ खोल्न थालेपछि जवाफी कारबाहीमा एक राउण्ड गोली चलाइएको हो। उनका अनुसार तामाङको देब्रे खुट्टामा गोली लागेको छ। उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले तामाङको साथबाट ६ राउण्ड गोली लोड भएको पेस्तोल बरामद गरेको छ। बोगटीका अनुसार तामाङ यसअघि लुटपाटमा संलग्न भएको आरोप छ। 

‘हाम्रो टोलीमािथ फायर खोल्न थालेपछि आत्मरक्षाका लागि गोली चलाइएको हो’, उनले भने, ‘थप अनुसन्धान गर्दैछौं।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.