सिमरा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

सिमरा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

सिमरा : थ्रीस्टार क्लब सिमरामा जारी १०औं सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको खेलमा संकटा क्लबलाई २–० गोलले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा स्थान बनाएको हो। थ्रीस्टारको जितमा फोफना फोडे र सुशान श्रेष्ठले एकएक गोल गरे।

थ्रीस्टारको जितसँगै सिमरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि हिमालयन शेर्पा, आयोजक नव जनजागृति युवा क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

थ्रीस्टारले खेलको १३औं मिनेटमा गोलको खाता खोलेको थियो। रन्जन विष्टको पासलाई सदुपयोग गर्दै फोडेले गोल गरेका थिए। त्यसपछि दोस्रो हाफको ८५औं मिनेटमा थ्रीस्टारले अग्रता दोब्बर बनायो। पहिलो गोल गरेका फोडेको स्थानमा मैदान प्रवेश गरेका सुशानले गोल गर्दै टोलीको जित निश्चित गरे। रुपेश केसीले प्रहार गरेको फ्रिकिकमा सुशानले गोल गरेका थिए।

थ्रीस्टारका डिफेन्डर अडामा डाम्बिया खेलको म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। संकटाका प्रशिक्षक सल्यान खड्गीले थ्रीस्टारविरुद्ध टिम चल्न नसकेको बताए। खेलको सुरुवातमै गोल खाएपछि टिम दबाबमा परेको र पाएको अवसर चुकाउँदा पराजय भोगेको उनले बताए।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जितबाट खुसी भए पनि टोलीले स्तर अनुसारको खेल खेल्न नसकेको बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.