मोरङ र उदयपुरबाट लागुऔषध सहित सातजना पक्राउ

मोरङ र उदयपुरबाट लागुऔषध सहित सातजना पक्राउ

विराटनगर : मोरङ र उदयपुरबाट लागुऔषध सहित एकै पटकमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सबै ३६ वर्षभन्दा कम उमेरका छन् ।

मोरङको विराटनगर महानगरपालिका–१५ बाट एकजना र उदयपुरको चौदण्डीगढी नगरपालिका–३ कालीखोला किनारबाट ६ जनालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

विराटनगरबाट पक्राउ पर्ने १८ वर्षीय पप्पु मेहता सुनसरीको इटहरी उपमहानगरपालिका–८ का बासिन्दा हुन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाका अनुसार मेहताको साथबाट लुपिजेसिक नौ एम्पुल, फेनारगन नौ एम्पुल, एभिल नौ एम्पुल, डाईजेल्याब नौ एम्पुल र नाइट्रोसन १० चक्की बरामद भएको छ ।

भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मेहतालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उदयपुरको चौदण्डीगढीबा पक्राउ पर्ने ६ जनालाई भने खोला किनारमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा लागुऔषध भेटिएपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर बेलाका नगरपालिका–४ गुरुङचौरीका ३३ वर्षीय राजु कार्की, ३२ वर्षीय राजु राई, ३३ वर्षीय अर्जुन राई, २५ वर्षीय नवीन राई, चौडण्डीगढी–३ बसाहाका ३० वर्षीय मीनबहादुर मगर र सप्तरीको सप्तकोसी नगरपालिका–१ का ३६ वर्षीय मनोज मगर छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध लुपिजेसिक आठ एम्पुल, फेनारगन आठ एम्पुल र डाईजेल्याब आठ एम्पुल बरामद भएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.