पूर्वमा दुई दिन विद्युत आपूर्ति बन्द हुने

पूर्वमा दुई दिन विद्युत आपूर्ति बन्द हुने

खाँदबारी : दुहबी-धरान क्षेत्रको ३३ केभि विद्युत प्रसारण लाइनमा समस्या आएको छ। विद्युत लाइनको मर्मत गर्नुपर्ने हुँदा बिहीबार र शुक्रबार विद्युत अवरोध हुने भएको छ। पूर्वका संखुवासभा, धनकुटा, भोजपुर, तेह्रथुमलगायतका जिल्लामा दिउँसो १ बजेदेखि बेलुका ६ बजे सम्म विद्युत अवरुद्ध हुने विद्युत वितरण केन्द्र खाँदबारीका शाखा प्रमुख ध्रुव अधिकारीले जानकारी दिए।

संखुवासभा र अन्य जिल्लामा वितरण गरिएको ३३ केभि विद्युत प्रशारण रुटमा समस्या आएको छ।एकै दिन मर्मतको काम गर्न नसकिने भएकाले आज र भोली मर्मत गरिने प्रमुख अधिकारीले बताए।

दुहवी-धरानसम्मको रुटमा पटक पटक समस्या आइरहेकोले मर्मत गर्न लागिएको वितराण शाखाले जनाएको छ।शनिबारबाट नियमतिरुपमा विधुत वितरण हुने जनाइएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.