महिला फुटबल एकेडेमीको निर्माण रोकियो

महिला फुटबल एकेडेमीको निर्माण रोकियो

चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा निर्माण भइरहेको महिला फुटबल एकेडेमी निर्माण कार्य रोकिएको छ । वन विभागको आदेश भन्दै डिभिजन वन कार्यालय रौतहटले निर्माणको काम मंगलबारदेखि रोकेको हो । वनक्षेत्रको जमिनमा एकेडेमी निर्माण गर्न लागेको भन्दै उजुरी परेपछि काम रोकिएको डिभिजन वन कार्यालयको दाबी छ ।

न्यु ड्र्यागन र नया“ युग निर्माण कम्पनीले संयुक्त रूपमा तीन करोड २५ लाख ३८ हजार तीन सय चार रुपैयाँको लागतमा उक्त एकेडेमी निर्माणको ठेक्का लिएर काम अघि बढाएको थियो । एकेडेमी भवनको फाउन्डेसनको काम धमाधम भइरहेको थियो । फलामे पिलरहरू ठड्याउन तयार पारिएको छ । निर्माण स्थलमा भवन निर्माणका सामग्रीहरू ल्याइसकिएको छ । एक साताअघि देखि भवन निर्माण सुरु भएको थियो ।

चन्द्रपुरमा सर्वपक्षीय भेलाले एकेडेमी बनाउने निर्णय गर्दै वन कार्यालयमा कागजात बुझाएको थियो । वन कार्यालयले पनि आफ्नो माथिल्लो निकायमा आवश्यक कागजात तयार गरेर पठाएको थियो । हातेमालो सामुदायिक वन समितिले एकेडेमी निर्माण गर्न २५ वर्षसम्मका लागि सहमति दिँदै सम्झौतासमेत गरेको थियो । चन्द्रपुर नगरपालिकाको कार्यालयले पनि एकेडेमी निर्माणका लागि वन कार्यालयलाई सिफारिस गरिसकेको छ । नगरपालिकाले एकेडेमीका लागि २५ लाख रुपैयाँसमेत विनियोजना गरेको जनाएको छ ।

अहिले महिला फुटबल एकेडेमी बन्न लागेको स्थान करिब दुई दशक अघिदेखि नै खेलमैदानको रूपमा प्रयोग हुँदै आएको छ । सो क्षेत्रमा रूखहरू पनि पर्दैनन् । विश्व फुटबल महासंघ (फिफा) ले नेपालमै पहिलो महिला फुटबल एकेडेमी निर्माण गर्न लागेको हो । महिला फुटबल खेलाडी उत्पादनका दृष्टिकोणले रौतहट देशकै महŒवपूर्ण जिल्ला मानिन्छ । रौतहटका डिभिजन वन अधिकृत विनोद सिंहले कागजी प्रक्रिया नपुगेकाले निर्माण कार्य रोकेको जानकारी दिए ।

संघका अध्यक्ष भगवान दर्लामी भने एकेडेमी निर्माणका लागि रौतहट जिल्ला फुटबल संघले सबै प्रक्रिया पु¥याएर वन विभागमा कागजपत्र बुझाइसकेको बताउँछन् । ‘वन क्षेत्रको खाली रहेको थोरै जमिनमा कानुनी प्रक्रिया पु¥याएर नै एकेडेमी निर्माण गर्न लागिएको हो । रूख बिरुवामा कुनै पनि नोक्सानी हुँदैन । खाली जमिनमा वृक्षरोपणसमेत गर्ने योजना छ’, दर्लामी भन्छन् ।

महिला फुटबल खेलाडीलाई सुविधा सम्पन्न आवासगृह, सुरक्षाका लागि मैदान वरिपरि तारजाली, स्तरीय खेलमैदानसहितको एकेडेमी निर्माणका लागि फिफाले स्वीकृत दिएको थियो । करिब दुई कठ्ठा क्षेत्रफलमा एकेडेमी निर्माण हुन लागेको हो । निर्माणपछि पहिलो चरणमा देशभरबाट छनोट भएका १२ वर्षभन्दा माथिका ४४ जना किशोरीलाई समावेश गरेर प्रशिक्षण दिइनेछ ।

जिल्ला फुटबल संघका सदस्य सञ्जय कार्की एकेडेमी निर्माण भए वन क्षेत्रको जमिनसमेत अतिक्रमण हुनबाट जोगिने बताउँछन् । उनी देशको नमुनाको रूपमा रहेको योजना रोकिनु दुर्भाग्य भएको धारणा व्यक्त गर्छन् । एकेडेमीको निर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । विगत १५ वर्षदेखि रौतहटको चन्द्रनिगाहपुरमा १२ वर्षभन्दा माथिको उमेरका ७० जना किशोरीले नियमित रूपमा फुटबलको प्रशिक्षण लिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.