जसलाई ६ अभियोग लाग्दा पनि पछुतो छैन

जसलाई ६ अभियोग लाग्दा पनि पछुतो छैन

काठमाडौं : काठमाडौं प्रहरीको हिरासतमा छन्— पाँचथर फलैंचा गाउँपालिका रविन कुमार चिमोरिया। उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ। प्रायः समातिएपछि बयान फेर्ने अभियुक्तबाट आजित प्रहरी चिमोरियाको हर्कतबाट भने खुसी देखिन्छन्।

चिमोरियाविरुद्ध ६ वटा अभियोग प्रहरीमा दर्ता भएका छन्। दुई जबर्जस्ती करणी, तीन ठगी र एउटा चोरी मुद्दा उनीमाथि लागेका छ न्। तर जबर्जस्ती करणीबाहेक अन्य अभियोगलाई सहजै स्विकार्छन् उनी।

सुरुमा चिमोरियाविरुद्ध दाङकी एक महिलाले उजुरी गरेकी थिइन्। पछि अनुसन्धान गर्दै जाँदा उनका थप आपराधिक गतिविधि बाहिरिएका हुन्। रञ्जना (नाम परिवर्तन) नाम गरेकी एक महिलालाई विवाह गर्ने र चितवनमा व्यवसाय गर्ने भन्दै २० लाख रुपैयाँ ठगी गरेका थिए चिमोरियाले। गीत गाउन पारखी चिमोरियाले एक दोहोरी साँझमा राम्रो गीत गाएपछि रञ्जना उनीप्रति आकर्षित थिइन्। पछि दुवै सँगै बस्ने थाले। घुमघाम गरे। बीचमा चिमोरिया हराएपछि भने रञ्जनाले थाहा पाइन्, उनी त ठग पो रहेछन्।

चिमोरियामाथि यो मात्रै अभियोग छैन। उनले चाबहिलमा एक महिलालाई मायाजालमा फसाएर ८० लाख रुपैयाँ ठगे।       श्रीमान् विदेशमा भएकी ती महिलालाई चिमोरियाले ठमेलस्थित एक रेस्टुरेन्टमा भेटेका थिए। आफू अस्टे«लियाबाट फर्किएको र व्यापार गर्न चाहेको भन्दै परिचय गराएका चिमोरियाले ‘राम्री लाइफ पार्टनर’ खोजीमा रहेको सुनाएपछि ती महिला आकर्षित भएकी थिइन्। केही दिन लिभिङ टुगेदरमा बसेपछि जब पैसा लिएर चिमोरिया सम्पर्कविहीन भए, त्यसपछि मात्रै ती महिलाले आफू ठगिएको थाहा पाइन्। ती महिलाले महानगरीय प्रहरी परिसर टेकुमा चिमोरियाविरुद्ध चोरी र जबर्जस्ती करणी अभियोग दर्ता गराएकी छिन्।

चिमोरियाले धरान, ओखलढुंगा, दाङलगायत जिल्लामा यस्तै प्रकृतिका घटना गराएको उजुरी प्रहरीमा दर्ता भएको छ। चिमोरियाले प्रहरीमा बयान दिएअनुसार उनी १० वर्षदेखि काठमाडौंमै बस्दै आएका छन्। उनको कुनै पेसा छैन। यसैगरी युवती र महिलालाई झूटा कहानी बेच्दै ठग्ने चिमोरियाको ठगी काइदा हो। प्रहरीमा उनले बयान दिए अनुसार करिब पाँच सय युवती र महिला ठगीको जालमा परेका छन्।

काठमाडौंमा बस्छन्, झूटा कहानी बेच्छन्, युवतीलाई मायामा फसाउँछन् र लुट्छन्

महानगरीय प्रहरी अपराध महाशाखाले चिमोरियालाई पुस २७ मा पक्राउ गर्‍यो। अहिले उनीविरुद्ध उजुरी आउने क्रम बढेको छ। चिमोरियाले हाँसीहाँसी प्रहरीलाई जवाफ दिन्छन्, ‘करिब पाँच सय महिला र युवती मायाजालमा फसेका छन्।’ पैसा पाउन्जेल मात्रै आफू सँगै बस्ने र सकिएपछि सम्बन्धविहीन हुने गरेको उनको बयान छ। चिमोरियाले ठमेलस्थित एक डान्सबारकी किशोरीलाई समेत बिहे गर्ने प्रलोभनमा १० लाख रुपैयाँ ठगेको प्रहरीमा उजुरी परेको छ। डान्सबारमा पुगेर गीत गाउने र नाच्ने गरेपछि ती युवती चिमोरियासँग आकर्षित भएकी थिइन्।

‘चिमोरिया गफ गर्न र गीत गाउन खप्पीस छन्। पत्याउनै नसकिने गरी युवतीलाई प्रेममा पार्ने कलाले धेरै ठगिने गरेका रहेछन्’, परिसरका मुद्दा शाखाका प्रमुख डीएसपी मोहन थापाले भने। अपराध सहजै स्विकार्ने चिमोरियामा पश्चात्ताप नदेखिएको थापाले बताए। चिमोरियाविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत दुई वटा ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको छ। अहिले उक्त मुद्दा विचाराधीन छ। चिमोरिया जस्ता अभियुक्त कमै मात्र करबाहीको दायरामा आउने गरेको थापाले बताए।

चिमोरियाले प्रहरीमा बयान दिएअनुसार रेस्टुरेन्टमा घुम्दाका समयमा उनले आफू जस्ता थुप्रै पात्र भेटेका थिए। यौन प्यास मेटाउने,       श्रीमान् विदेश गएका, विदेशी लाहुरेको खोजी गर्ने र टिपटप पुरुष खोज्ने महिला चिमोरियाको ठगी जालोमा फस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। आफूले ठगीबाटै एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरे पनि सबै मोजमस्तीमै सकाएको चिमोरियाले प्रहरीसमक्ष बयान दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.