६ तस्बिरमा हेर्नुहोस् हिमपातपछि खुलेको पाथीभरा
ताप्लेजुङ : बुधबार र बिहीबारको हिमपातले ताप्लेजुङको पाथीभरा क्षेत्र सेताम्मे बनेको छ। तीनहजार सात सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिर र सो क्षेत्रका फेदी, काफ्लेपाटी र भालुगौंडेमा २ फिटसम्म हिउँ जमेको छ।
यस वर्ष दोस्रो पटक हिउँ परेको भालुगौंडेका कृष्ण लिम्बूले बताए। सदरमुकाम फुङलिङ नजिकै हिउँ परेपछि खेल्न जानेको घुईंचो लागेको छ। शुक्रबार मौसाम केही खुलेको छ। चिसोले पसल खोल्न नसकेपछि व्यावसायी पनि हिउँमा रमाउन पुगेका छन्।
पाथीभराको दर्शनका लागि झापा, काठमाडौं, सुनसरी, मोरङलगायतका जिल्लाबाट हिउँ खेल्न आएका छन्।पहिलो पटक प्रत्यक्षरुपमा हिउँ देख्दा खुसी लागेको झापाबाट पाथीभरा दर्शनका लागि आएका शैलेस थापाले बताए।