राजधानीमै अपहरण : अपहरित दुई वर्षीया बालिकाको सकुशल उद्धार

राजधानीमै अपहरण : अपहरित दुई वर्षीया बालिकाको सकुशल उद्धार

काठमाडौं : राजधानीको थापाथलीस्थित प्रसूती गृहकी चिकित्सक  बबिता साहकी दुई वर्षीया छोरी सन्विज्ञाको अपहरणपछि प्रहरीले सकुशल उद्धार गरेको छ।

शुक्रबार बिहान कोटेश्वरको खरिबोट महादेवस्थानबाट सन्विज्ञाको अपहरण भएपछि घटना प्रहरी समक्ष पुगेको हो।  महानगरीय प्रहरी परिसर टेकुले अपहरणमा संलग्न जनकपुर बसपार्कका मनिषकुमार गुप्ताको खोजी गरिरकेको छ।

परिसरका अनुसार गुप्ताले दिनभरि बालिकालाई जोरपाटी जमुडाँडा घुमाएर प्रहरीले फलो गरेको थाहापाएपछि तिलगंगास्थित होटल गणेश अगाडि छाडेर भागेका थिए।

परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बालिकाको सकुशल उद्धार गरेको बताए। उनले भने, ‘घरसायी लेनदेनको कुरा नमिलेर गुप्ताले डाक्टरसापको बच्चा अपहरण गरेको देखियो। थप अनुसन्धान गर्दैछौं।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.