सिमरा गोल्ड कप :  आर्मी र थ्रीस्टार इतिहास रच्न आतुर

सिमरा गोल्ड कप :  आर्मी र थ्रीस्टार इतिहास रच्न आतुर

सिमरा : रुस्लान दसौँ सिमरा गोल्डकपको उपाधिका लागि शनिवार साबिक विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लब भिड्दै छन् । सिमरा रङ्गशालामा हुने फाइनल भिडन्त दुवै टिमका लागि इतिहास रच्ने अवसर हुनेछ । छैटौँ र नवौँ संस्करणको विजेता आर्मी तेस्रो पटक उपाधि उचालेर सबैभन्दा बढी जित्ने टोलीमा आफूलाई उभ्याउने दाउमा हुँदा थ्रीस्टार पहिलो पटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा हुनेछ । 

सिमरा गोल्डकपको उपाधि आर्मी र मनाङ मर्स्याङ्दी क्लबले समान दुई÷दुई पटक उचालिसकेका छन् । तेस्रो र चौथो संस्कणको उपाधि उचालेको मनाङले यस पटक भाग लिएन । मनाङ सहभागी नभएकाले आर्मीलाई यो वर्ष सर्वाधिक सफल टोलीकारुपमा उभ्याउने अवसर हुनेछ । 

आर्मी तेस्रो पटक उपाधि उचाल्ने रणनीतिसहित मैदानमा उत्रिँदा थ्रीस्टार भने अघिल्लो संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिँदै विजेताको सूचीमा नाम दर्ता गर्ने दाउमा हुनेछ । गत  संस्करणमा यी दुवै टिमले उपाधि भिडन्त गरेका थिए । जसमा आर्मी २–० ले बाजी मार्न सफल भएको थियो । 

अघिल्लो वर्ष आर्मीलाई उपाधि दिलाउन गोल गरेका नव युग श्रेष्ठ र दिनेश हेम्जन भने यस वर्ष टिममा छैनन् । लिगमा घाइते भएर आराम गरिरहेका नव युग र हेम्जनको अभाव टिममा खट्किने निश्चित छ । तर पनि विशाल मेमोरियल गोल्डकपको उपाधि दोस्रो पटक जितेर सिमरा आएको आर्मी अघिल्लो वर्षकै नजिता हात पर्नेमा ढुक्क देखिन्छ । 

ए डिभिजन लिगपछि आर्मी र थ्रीस्टारले मोफसलको यो दोस्रो प्रतियोगिता खेल्दै छन् । यसअघि आर्मी विशाल मेमोरियल र थ्रिस्टार खप्तड गोल्डकपमा सहभागी भएका थिए । 

आर्मीले विशाल मेमोरियलको उपाधि रक्षा गर्दा थ्रीस्टार भने नेपाल पुलिससँग उपाधि भिडन्तमा पराजित हुन पुगेको थियो । खप्तडको उपाधि नजिक पुगेर निराश हुँदै फर्किएको थ्रीस्टार आर्मीलाई पराजित गरेर यस सिजनको पहिलो उपाधि उचाल्न उत्साहित देखिन्छ ।  थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले एक दशकको इतिहास सिमरा गोल्डकपले रच्दै गर्दा आफूहरू पनि अर्को इतिहास रच्ने लक्ष्यमा रहेको बताए ।

फाइनल यात्रा तय गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपिएफमाथि क्वार्टरफाइनmलमा ४–२ को शानदार जीत हात पारेको थियो । सेमीफाइनलमा पाँचौँ संस्करणको विजेता आयोजक नव जनजागृतिलाई पराजित गरेको थियो । आर्मी र थ्रीस्टारको यो वर्ष मोफसलका प्रतियोगितामा पहिलो भेट हो । यसअघि ए डिभिजन लिगमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए । 

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि फाइनल भिडन्त दर्शकलाई मनोरञ्जन दिने गरी हुने बताए । ‘दुवै टिम उस्तै छन्, प्रतिस्पर्धा राम्रो हुन्छ' केसीले भने, ‘हारजित आफ्नो ठाउँमा छ, अवसरलाई सही समयमै सदुपयोग जसले गर्न सक्छ, उसैले उपाधि लैजाने हो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.