भारतबाट अपहरणमा परेका बालकको रौतहटमा उद्धार

भारतबाट अपहरणमा परेका बालकको रौतहटमा उद्धार

रौतहट : भारतबाट अपहरणमा परेका एक बालकलाई रौतहटबाट प्रहरीले उद्धार गरेर अभिभावकलाई जिम्मा लगाएको छ।

गत सोमबार भारत मोतिहारी जिल्ला रामगढवा थानास्थित बलुवा ग्रामपंचायत २ का अवधेश गिरीका पाँच वर्षीय छोरा अभिजित गिरी अपहरणमा परेका थिए।

बालकलाई नेपालतर्फ ल्याएको हुन सक्ने भन्दै भारतीय सुरक्षाकर्मीले सूचना दिएपछि अपहरित बालकलाई रौतहटको मौलापुर नपा ७ बाट उद्धार गरी परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले जनानकारी दिए। 

बालकलाई आफ्नै घरमा खेलिरहेको अवस्थामा अपहरण गरी नेपाल ल्याएको  प्रहरीको भनाइ छ। मौलापुर नपाको सरैयाटोलमा रहेको बिन्दा साह कानुको घरबाट बालकको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय मौलापुर बाट खटिएको टोलीले बालकलाई उद्धारगरी अपहरित बालकका काका कामेश्वर गिरीलाई भारतीय प्रहरीको रहोवरमा जिम्मा लगाएको छ।

बालक राखिएको घरका धनी बिन्दा साह कानुलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.