जैविक मार्गमा भारतको तारबार

जैविक मार्गमा भारतको तारबार

डोकेबजार (कञ्चनपुर) : भारतले अन्तर्राष्ट्रिय जैविक मार्गमा नाली खनेर तारजाली लगाउन थालेपछि संरक्षणकर्मीले रोक्न माग गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय जैविक मार्गमा तारजाली लगाएर वन्यजन्तुको आवागमन रोक्नु अन्तर्राष्ट्रिय ‘कन्जर्भेसन प्रिन्सिपल’ बर्खिलाप भएको आरोपसमेत लगाएका छन्।

भारतले एकपक्षीय रूपमा कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार क्षेत्रमा दसगजा नजिकै नाली खनेर तारबार लगाउन सुरु गरेको छ। वन्यजन्तु संरक्षण क्षेत्रमा क्रियाशील संरक्षणकर्मीले भारतीय पक्षले गरिरहेको कामले वन्यजन्तुको आवागमनमा असर पर्ने बताएका छन्। ‘जुन ठाउँमा भारतले तारबार लगाउन सुरु गरेको छ, त्यो क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्गमा पर्छ,’ लालझाडी मोहना संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐरले भने, ‘जैविक विविधतालाई समेत ख्याल नगरी भारतीय पक्षले वन्यजन्तुको आवागमनलाई नै असर पुग्ने हिसाबले काम गरिरहेको छ।’

भारतले तारजाली लगाइरहेको क्षेत्र भारतको दुधुवा नेसनल पार्क हुँदै नेपालतर्फ लालझाडी–शुक्लाफाँटा र चुरेको फेदीसम्म वन्यजन्तु आवागमन हुने अन्तर्राष्ट्रिय जैविक मार्ग हो। ‘यसले वन्यजन्तुको आवागमनलाई रोक्छ’, उनले भने, ‘दुवै देशका अधिकारी, वनकर्मी, निकुञ्ज र संरक्षणकर्मी बसेर यसलाई रोक्नुपर्छ।’ नेपाल–भारतको सीमास्तम्भ ७५३ देखि ७५४ सम्म २ किलोमिटर लामो सीमा क्षेत्रमा भारतले एकतर्फी नाली खन्न सुरु गरेको छ। ‘यो हात्ती, बाघ, गैंडा र अन्य वन्यजन्तुको ओहोरदोहोर गर्ने अन्तर्राष्ट्रिय जैविक मार्ग हो, बर्खामा पानी भरिएका बेला तराईका वन्यजन्तु चुरेतिर उक्लिने गर्छन्, अनि बर्खा सकिएपछि तराई झर्ने गर्छन्। यो उनीहरूको तराई र चुरेमा आवागमन गर्ने मार्ग हो’, ऐरले भने।

वन्यजन्तु विशेषज्ञले तराईमा हुने प्रचण्ड गर्मी छल्न हात्ती, बाघ, गैंडा, चित्तललगायत वन्यजन्तु चुरेमा उक्लिने बताएका छन्। चुरे हुँदै कैलालीको वसन्ता र बर्दियाको राष्ट्रिय निकुञ्जसम्म वन्यजन्तु जाने गरेको विज्ञको भनाइ छ। ‘दुधवाबाट, मोहना लालझाडी हुँदै पश्चिम शुक्लाफाँटा पनि छिर्छन्, पूर्वमा बारबन वसन्ता हँुदै बर्दिया र पुनः दुधवा जाने मार्ग हो, यसको प्रस्थान विन्दु नै अवरुद्ध भयो’, ऐरले भने।

कञ्चनपुरका डिभिजन वन अधिकृत मोहनराज काफ्ले भारतले नेपाललाई कुनै जानकारी नदिई नाली र तारजालीको काम गर्न नहुने बताउँछन्। भन्छन्, ‘यो अन्तर्राष्ट्रिय कन्जर्भेसन प्रिन्सिपलविरुद्ध हो।’ उनले वन्यजन्तु संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय प्रिन्सिपल भनेको उनीहरूलाई कसैले पनि तारजाली हालेर थुन्न पाउँदैन।’ उनले यस्तो संवेदनशील विषयमा दुवै देशका अधिकारीबीच कुरा हुनुपर्ने बताए।

‘जैविक मार्ग क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुअघि त्यसको असरबारे दुवै देशका अधिकारी बसेर छलफल हुनुपर्ने हो’, डिभिजनल वन अधिकृत काफ्लेले भने, ‘दुधुवा नेसनल पार्क क्षेत्र पर्ने भारतको उक्त ठाउँमा टे«न्ज खनेर तारबार लगाउने विषयमा नेपाली पक्षसँग कुनै समन्वय भएको छैन।’ उनले दुवै देशका माथिल्लो तहका अधिकारी बसेर छलफल गरिने बताए। भारतको दुधुवा नेसनल पार्कको १७ किलोमिटर क्षेत्रफल जैविक मार्गमा पर्छ।

भारतीय वन कर्मचारी भने उत्तर प्रदेश सरकार र दुधुवा नेसनल पार्कले नै नाली खनेर तारबार लगाउन खोजेको दाबी गर्छन्। ‘हामीले २ किलोमिटर क्षेत्रफलमा मात्रै काम गर्न लागेको हो’, दुधुवा नेसनल पार्कका फरेस्टर मनोजकुमार मौरेले भने, ‘यो ठाउँमा नाली खनेर तारबार गर्दा कुनै अवरोध हुँदैन।’ उनले उक्त ठाउँ भएर वन्यजन्तु आवागमन नगर्ने दाबीसमेत गरे।

सुरक्षा अधिकारीकोे निरीक्षण

यसैबीच, शुक्रबार नै नेपाली सुरक्षा अधिकारी र वन कर्मचारीले सो क्षेत्रको निरीक्षण गरेर भारतीय पक्षसँग छलफल गरेका छन्।

निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टसहितका सुरक्षा निकायका प्रमुख तथा डिभिजनल वन अधिकृतलगायतले ट्रेन्ज खनिरहेको स्थान निरीक्षण गरी भारतीय पक्षसँग छलफल गरेका हुन्। दुवै देशका अधिकारीबीच बैठक बसेर समस्या समाधान गर्ने सहमति भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.