थ्रीस्टारलाई सिमरा गोल्डकपको उपाधि

थ्रीस्टारलाई सिमरा गोल्डकपको उपाधि

सिमरा : साविक विजेता त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै थ्रीस्टार क्लबले १०औं सिमरा गोल्डकपको उपाधि जितेको छ। शनिबार सिमरा रंगशालामा भएको रोमाञ्चक भिडन्तमा आर्मीलाई सडन डेथमा पराजित गर्दै थ्रीस्टारले उपाधि जितेको हो।

थ्रीस्टारलाई उपाधि दिलाउन सडनडेथमा रन्जन विष्टले गोल गरेका थिए। आर्मीका सुमन अर्यालको प्रहार भने थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले विफल पारेका थिए।

सडन डेथमा थ्रीस्टारका फोफना फोडे, सुशील राईले गोल गर्दा दिनेश राजवंशीको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाएका थिए। सडनडेथमै आर्मीका विकेश तामाङ र विकाश खवासले गोल गर्दा दीपक गुरुङको प्रहार एलनले बचाउ गरेका थिए।

यसअघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा दुवै टोलीले ४–४ गोलको बराबरी खेलेपछि नजिता सडन डेथबाट निस्किएको हो। टाइब्रेकरमा थ्रीस्टारका विक्रम लामा, अनन्त तामाङ, रञ्जित धिमाल र रुपेश केसीले गोल गरे भने सुनील बलको प्रहार विकेश कुथुले बचाउ गरेका थिए। टाइब्रेकरमै आर्मीका कप्तान भरत खवास, दीप लामा, विवेक बस्नेत, सन्तोष तामाङले गोल गर्दा गोलरक्षक विकेश कुथुको प्रहार थ्रीस्टारका एलन न्यौपानेले बचाएका थिए।

उपाधि विजेता थ्रीस्टारले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। उपविजेता आर्मीले तीन लाखमा चित्त बुझायो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका सुशील राई घोषित भए। उनले मोटरसाइकल प्राप्त गरे। यस्तै उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका निकेश थापा घोषित भए। उनले २० हजार प्राप्त गरे। विधागततर्फ थ्रीस्टारका एलन न्यौपाने उत्कृष्ट गोलरक्षक, अडामा डाम्बिया डिफेन्डर, मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए। आर्मीका सन्तोष तामाङले उत्कृष्ट मिडफिल्डको पुरस्कार हात पार्दा टंक बस्नेत उत्कृष्ट स्ट्राइकर घोषित भए। उत्कृष्ट सबैले जनही २० हजार पुरस्कार प्राप्त गरे।

विजेतालाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललगायतले पुरस्कार प्रदान गरे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.