त्रिवेणी मेला: पर्यटकको रोजाइमा बोटिङ

त्रिवेणी मेला: पर्यटकको रोजाइमा बोटिङ

गाईघाट : १२ दिनअघि उदयपुरको कटारी नगरपालिका- २ खोक्साको त्रिवेणी स्थलमा सुरु भएको मैनी त्रिवेणी मेलाको प्रमुख आकर्षण बोटिङ बन्दै गएको छ। माघ १ अर्थात माघेसंक्रान्तिदेखि जारी मेलामा सर्वसाधरण बोटिङप्रति आकर्षित भएका छन्। 

तीर्थालुलाई आकर्षित गर्न आयोजकले मेला नजिकै पोखरी बनाई बोटिङ गराइरहेको छ। बोटिङमा बालबालिकादेखि वयस्कसमेत आकर्षित रहेको स्थानीय सञ्चारकर्मी अभिमन्य लामिछानेले बताए। बोटिङसँगै अन्य आकर्षणकोरुपमा ओखलढुङ्गाको राडिपाखी, सिन्धुलीको जुनार र स्थानीय उत्पादन छन्। त्यस्तै रोटेपिङ्, मौतकाकुवा, बुगी-बुगी डान्स लगाएतका मनोरञ्जनात्मक खेल रहेको मेला आयोजक समितिले जनाएको छ।

पूर्वकै पुरानो र लामो समय लाग्ने मेलामा उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, सिन्धुली, सिरहा, सप्तरी, धनुषाकासाथै भारतबाटसमेत हजारौं तीर्थालु आउने गरेका छन्। विगतमा माघ महिनाभरी लाग्ने यो मेला द्वन्द्वकालपछि १५ दिन मात्र लाग्दै आएको छ।

उदयपुर र सिन्धुली जिल्लालाई जोडने तीन नदी कमला, तावा र ककरुको संगम स्थलमा मकर स्नान गरी पूजापाठ गरेपछि यो मेला सुरु हुन्छ। त्रिवेणी घाटमा मकर नुवाई, भाकल गरे अनुसारको पशुपंक्षीको बलीदिई पूजाआराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहेको छ।

विगतका वर्षमा मेलाको ठेक्‍का लगाउने प्रचलन भएपनि यसपटक भने ठेक्‍का नलगाई उद्योग बाणिज्य संघ कटारीलाई जिम्मा लगाएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए।  मेलामा जुवा तासजन्य खेल र घरायसी मदिरा प्रतिबन्ध लगाएको आयोजक उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए। 

मेलामा झण्डै एक सय वटा स्टल छन्। मेलामा यसपटकको आकर्षणको रुपमा ८५ फिट अग्लो वैष्णुदेवीको गुफा पनि रहेको छ। नगरपालिकाको मुख्य पर्यटकीय तथा धार्मीक स्थलको रुपमा रहेको त्रिवेणीधामको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेकाले गुफा प्रवेशमा खुल्ला गरिएको कटारी नगरपालिका- २ को वडाध्यक्ष प्रेमबहादुर थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.