धानको बोरामा ४० लाखको कपडा तस्करी

धानको बोरामा ४० लाखको कपडा तस्करी

वीरगन्ज : प्रहरीले धान बोकेको टयाक्टरबाट ठूलो मात्रामा अवैध कपडा बरामद गरेको छ। आइतबार सशस्त्र प्रहरी पर्साको ग्रामिण भेगबाट धान बोकेर सदरमुकामस्थित चामल उद्योगमा आउँदै गरेको ट्याक्टरबाट कपडा बरामद गरेको हो।

पर्साको छिपहरमाइ गाँउपालिका-१ मिर्जापुरबाट धान लिएर वीरगन्ज अलौंको चामल उद्योगमा आउँदै गरेको ना २ त १६४८ नम्बरको टयाक्टरबाट प्रहरीले भारतबाट राजश्व छलेर ल्याइएको करिब ४० लाख रुपैयाँ मुल्य बराबरको कपडा बरामद गरेको छ।

टयाक्टरमा रहेको ९० बोरा धानभित्र लुकाएर राखिएको अवस्थामा सुटपिस कपडा  ५० बण्डल (अन्दाजी ६ हजार मिटर), कुर्ता सुरुवाल ८० थान र सर्ट पाइन्टको कपडा ७२ सेट बरामद पारिएको सशस्त्र प्रहरी उपरिक्षक प्रेम ध्वज शाहले बताए।

वीरगन्ज पोखरीया सडकखन्ड अन्तर्गत अलौं र एकीकृत भन्सार जाँच चौकी (आइसीपी) मध्यभागको सडकमा टयाक्टर रोकेर चेकजाच गर्दा धानको बोराको तल लुकाएर राखिएको अवस्थामा कपडा बरामद भएको हो। कपडा सहित ट्याक्टर र त्यसका चालक छिपहरमाइ गाँउपालिका-१ मिर्जापुर निवासी सोनालाल साहलाइ पनि पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक शाहले जानकारी दिए।

 पक्राउ परेका टयाक्टर चालक साहले मिर्जापुरकै पन्नालाल साह भन्ने व्याक्तिले धान , वीरगन्जको अलौमा रहेको चामल उद्योगमा पुर्‍याइदिन भनेकाले आफुले ९० बोरा धान टयाक्टरमा हालेर आएको बयान दिएको सशस्त्र प्रहरी उपरिक्षक शाहले बताए। बरामद कपडा, टयाक्टर र चालकलाइ आवश्यक कार्वाहीका लागि आइतबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको समेत उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.