डाक्टरहरू आन्दोलनमा

डाक्टरहरू आन्दोलनमा

काठमाडौं : १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै मुलुकभरका चिकित्सक आन्दोलनमा उत्रिएका छन्। काठमाडौंमा कार्यरत चिकित्सकले सोमबार बिहान १० बजेदेखि सामूहिक रिले अनशन गर्दै छन्।

डा. केसी अनशनरत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्रांगणमा आइतबार चिकित्सकले गरेको छलफलपछि उनीहरू आन्दोलनमा उत्रने निष्कर्षमा पुगेका हुन्। नेपाल चिकित्सक संघले डा. केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभरका चिकित्सकलाई आफूहरूलाई सघाउन आह्वान गरेको छ। सरकारले दुईतिहाइको दम्भ देखाउँदै सम्झौताविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको संघका अध्यक्ष डा. मुक्तिराम       श्रेष्ठले बताए। १५ औं सत्याग्रहका क्रममा साउन १० गते सरकार र डा. केसीबीच सम्झौता भएको थियो।

‘डा. केसीको जीवनरक्षाका लागि जुनसुकै मुल्य चुकाउन तयार छौं। खुट्टा कँपाउँदैनौं’, उनले भने। शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञसमेत रहेका डा. केसीसँग ६ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सम्झौता भएको थियो। आफूसँगको सम्झौताविपरीत विधेयक पारित गरी धोका दिएको दाबी गर्दै डा. केसीले प्रधानमन्त्री ओलीको राजीनामासमेत मागेका छन्।

राष्ट्रपतिलाई ज्ञापन

त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय आवासीय चिकित्सक संघ, वीर अस्पताल, रेजिडेन्ट डक्टर्स एसोसिएसन अफ न्याम्स, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले डा. केसीको जीवनरक्षाको माग गर्दै राष्ट्रपति कार्यलयमा ज्ञापन बुझाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्बोधन गरिएको ज्ञापनमा सरकारले पटकपटक डा. केसीसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको उल्लेख छ। समस्या समाधानका लागि पहल गर्न राष्ट्रपति भण्डारीलाई आग्रहसमेत गरिएको छ।

चिकित्सकलाई धम्की

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा. केसीविरुद्ध लाग्न सरकारले चिकित्सकलाई धम्की एवं प्रलोभन दिएको संघको आरोप छ। ‘वरिष्ठ चिकित्सलोभको पछि नलाग्नुस्। डाक्टरबीच गुट बनाउने र डरधम्की देखाउने काम भएको छ’, संघका अध्यक्ष श्रेष्ठले भने, ‘कसैको डरधम्कीबाट तर्सिन्नौं।’

राष्ट्रियसभामा माग थप्न आग्रह

प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा विधेयकलाई राष्ट्रियसभामा पेस गर्दा डा. केसीसँग गरिएको सम्झौताअनुसारका बुँदा थप्न नागरिक अगुवाले अपिल गरेका छन। राष्ट्रियसभामा सोमबार विधेयक पेस गर्ने कार्यसूची छ।

त्रिभुवन विश्वविद्यालयका पूर्वकुलपति प्रा. केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सामाजिक अभियन्ता महावीर पुन, साहित्यकार अभि सुवेदीलगायत नागरिक अगुवाले आइतबार अपिल गरेका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.