प्रधानमन्त्रीको नैतिकतामाथि कांग्रेस नेता जोशीको प्रश्न

प्रधानमन्त्रीको नैतिकतामाथि कांग्रेस नेता जोशीको प्रश्न

ताप्लेनुङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले प्रधानमन्त्री केपी ओलीको नैतिकतामाथि प्रश्न उठाएका छन् । अनशनरत प्रा. डा. गोविन्द केसीसँग आफैँले गरेको सम्झौता कार्यान्वयन गर्न नसकेकाले प्रधानमन्त्री ओलीको विश्वासनीयता गुम्दै गएको जोशीले बताए । 

‘आफैले गरेको सम्झौताको मर्मविपरित चिकित्सा शिक्षा विधेयक पारित गर्न प्रधानन्त्रीले भूमिका खेल्नुभयो,’ जोशीले भने, ‘यसले उहाँको कार्यशैलीमै प्रश्न खडा गरेको छ ।’ 

सोमबार नेपाल प्रेस युनियन ताप्लेजुङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जोशीले  प्रतिपक्षसँग संवादै नगरी बुहुमतको दम्भ देखाएर छापामार शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरेको आरोप लगाए । 

फरक प्रसङ्गमा पूर्वमन्त्रीसमेत रहेका जोशीले अपराधीहरुको मनोबल बढाउन सरकार उद्यत रहेको आरोप लगाए । ‘कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गर्न नसक्नु, विभिन्न समयमा निर्दोषलाई दोषी भन्दै पक्राउ गर्नु, ३३ किलो सुनकाण्डलाई लुकाउने जस्ता घटना हेर्दा यो सरकारकै कारण अपराधी बच्न सक्ने वातावरण बनेको छ,’ उनले भने । 

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक निकायका प्रमुख नियुक्ति गर्न नपाइने प्रावधान लत्याएर सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको जोशीको आरोप थियो । वर्तमान सरकार जति बढी समय रह्यो उनि नै मुलुक र जनताका लागि अहित हुने उनको दाबी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.