घरभित्र किशोरीको शव फेला, बुवा पक्राउ,आमा फरार

घरभित्र किशोरीको शव फेला, बुवा पक्राउ,आमा फरार

राजविराज : सप्तरीमा एक किशोरीको शव अर्धनग्न अवस्थामा फेला परेको छ। सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको शव उनकै घरभित्र सोमबार राति फेला परेपछि सप्तरी प्रहरीले मृतकका बुवालाई पक्राउ गरेको छ।

बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि प्रहरीले बुवा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्राउ गरेको जनाएको छ।मृतककी आमा समेत फरार रहेकाले घटना थप शङ्कास्पद भएको भन्दै उनको खोजि भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्रकुमार श्रेष्ठले बताए।

इन्स्पेक्टर श्रेष्ठका अनुसार कोठाको भित्रबाट चुकुल नलागेको, भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको भागमा चोटपटकको दागसमेत देखिएकाले प्रहरीले अनुसन्धान गरिरहेको छ। 

तुरन्तलालले प्रहरीलाई आफूले सामान्य कुटपिट गरेको बताएका छन्। प्रहरीका अनुसार भारतमा विवाहिता दिदीका देवरसँग सरीताको प्रेम रहेको र सोही कारण घरपरिवारमा विवाद रहेको बुझिएको छ। घरपरिवारले विवाहका लागि मञ्जुरी नदिए पनि किशोरीले सोही केटासँग मात्र विवाह गर्ने ढिपी गरेपछि बुवा-आमाले सरीतालाई कुटपिट गरेको बुझिएको छ।

शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इन्स्पेक्टर श्रेष्ठले बताए। पोस्टमार्टम रिपोर्ट र अन्य आवश्यक अनुसन्धानपछि घटनाबारे थाहा हुने श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.