झापाको हल्दिबारीमा प्रदेशस्तरीय भलिबल हुने

झापाको हल्दिबारीमा प्रदेशस्तरीय भलिबल हुने

बिर्तामोड : झापाको हल्दिबारी गाउँपालिकामा माघ २२ देखि प्रदेशस्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिता हुने भएको छ। हल्दिबारी गाउँपालिका, वडा र स्थानीय पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा दीपज्योती युवा परिवारले महोत्सव सहित प्रदेश स्तरीय भलिबल खेलको आयोजना गर्ने लागेको हो।

पाँच दिनसम्म चल्ने सो भलिबल प्रतियोगितामा प्रदेश १ का ख्यातिप्राप्त टिम नेपाल पुलिस, एपीएफ र आर्मी क्लब सहित झापा, मोरङ, इलाम, भोजपुर, ताप्लेजुङ, संखुवासभा र आयोजक टिमको सहभागिता रहने आयोजकका सचिव नवीन मैनालीले बताए।

भलिबल प्रतियोगितासँगै हल्दिबारीमा महोत्सव पनि सुरु हुने र महोत्सव भने फागुन ५ गते सम्म सञ्चालन हुने सचिव मैनालीको भनाई छ।

भलिबल खेल र महोत्सवको एकैसाथ प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। प्रतियोगिताको विजयी टिमले नगद १ लाख ५ हजार, उपविजेताले नगद ५१ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

यस्तै बेस्ट स्ट्राइकर, बेस्ट सटर, लिब्रो, ब्लकर, सर्भरले पनि क्रमशः नगद २/२ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने फेयर अफ द टुर्नामेन्टले नगद ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष पवन चुडालले बताए।

खेल अवधिभर प्रत्येक दिन म्यानअफ द म्याचलाई नगद ५ सय सहित मेडल र प्रमाणपत्र प्रदान वितरण गरिने छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.