सशस्त्र प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, तीनजना पक्राउ

सशस्त्र प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, तीनजना पक्राउ

राजविराज : गाँजा तस्करीको ट्रान्जीट प्वाइन्ट बनेको सप्तरीमा गएराति सशस्त्र प्रहरी र गाँजा तस्करबीच दोहोरो गोली हानाहान भएको छ ।

गाँजा लिएर भारततर्फ तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र गाँजा तस्करबीच हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित गोबरगाढामा दोहोरो गोली हानाहान भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ६ नम्बर गणका प्रमुख एसपी खेम थापाले बताए ।

यस क्रममा तीनजना भारतीय तस्करलाई पक्राउ गरी उनीहरुको साथबाट ४२ किलो गाजा नियन्त्रणमा लिइएको छ । गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीमाथि दुई राउण्ड गोली प्रहार भएपछि सशस्त्र प्रहरीले एक गोली फायर गरेको थियो ।

सशस्त्र प्रहरीको गस्ती टोली देखेर आफ्ना साथीलाई सूचना दिन टोली नाइकेले गोली प्रहार गरी फरार भएको र गाजासहितका भरियाहरु समातिएको सशस्त्र एसपी थापाले बताए ।

पक्राउ पर्नेमा भारत बिहार सुपौलका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कंकालिनी १४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर राय छन् । तस्करहरुको कडा नेटवर्क र स्कर्ट टोली हुने गरेको भन्दै सशस्त्र एसपी थापाले गाजा ओसारपसारको स्रोतको खोजीमा रहेको सशस्त्र प्रहरीले बोर्डर चेक प्वाइन्टमा कडाइ गरेको बताए ।

सशस्त्र प्रहरीले पक्राउ परेका भरियासहित ४२ किलो गाँजा आवश्यक अनुसन्धानका लागि शनिबार जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।

भारत निकासीका लागि गाँजा तस्करहरुले सप्तरीको बाटो प्रयोग गरिरहे पनि लामो समयदेखि तस्करहरु कोही पक्राउ परेका थिएनन् । उदयपुर, भोजपुर जस्ता पहाडी र आसपासका जिल्लामा उत्पादित गाँजा भण्डारण गरेर डोकोदेखि डुङ्गासम्मबाट ओसारपसार हुने गरेको त्यसअघि घटनाहरुले पुष्टि गरेको छ ।

सप्तरीमा केही महिनायता भएका हत्या, हिंसाका घटनामा गाँजा मुख्य कारक रहेको अनुसन्धानबाट पत्ता लागेपछि प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान नै चलाएको छ । प्रहरी प्रशासनको कडाइले सप्तरीमा हुने गाँजाखेतीमा कमी आएपनि अन्यत्र उत्पादित गाँजाको बिक्री भारतीय बजारमा गर्ने उद्देश्यले सप्तरीमा सङ्कलन गरी निकासी गर्ने काममा भने कमी आएको छैन् ।

नेपाली बजारभन्दा भारतीय बजारमा गाँजाको मूल्य तीन गुणा बढी भएकाले खुल्ला सीमाको प्रयोग गर्दै तस्करहरुले सप्तरीको नाकालाई रोज्ने गरेको प्रहरीको ठम्याइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.