घर पुनर्निर्माणमा बेवास्ता
दोलखा : पुनर्निर्माण सुरु भएको तीन वर्ष पुग्न लाग्दा पनि दोलखाका ५ हजार लाभग्राहीले घर बनाउन सम्झौता गरेका छैनन्। जिल्लाका ६७ प्रतिशतले बिहीबारसम्म निजी आवास पुनर्निर्माण गरिसकेका छन्।
४ हजार ९ सय १७ लाभग्राहीले पहिलो किस्ताका लागि सम्झौता नगरेका हुन्। यो संख्या सुरु लाभग्राही, गुनासो सुनुवाइ र पुनः जाँच तथा सर्वेक्षणबाट आएको तथ्यांकबाट लिइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका प्रमुख निर्मलदर्शन आचार्यले बताए। उनका अनुसार लाभग्राही संख्या जिल्लामा ६९ हजार ६ सय ८ पुगेको छ।
भीमेश्वरका १ हजार २ सय ४७, जिरीका १ सय ६१, गौरीशंकरका २ सय २१, कालिञ्चोकका ४ सय ७१, मेलुङका ५ सय ३९, तामाकोसीका ६ सय १, वैत्यश्वरका १ सय ४, विगुका ४ सय ४२ र शैलुङका ११ सय ३१ जनाले अझै सम्झौता नगरेको उनले सुनाए। उनका अनुसार ४४ हजार ७ सय ८२ लाभग्राहीले घर बनाइसकेका छन्।
सरकारका तर्फबाट ४२ हजार ७ सय २९ र गैरसरकारी संस्थाका तर्फबाट २ हजार ६१ लाभग्राहीले तेस्रो किस्ता लिएका छन्। सात महिनामा मात्र २० प्रतिशत निजी आवास पुनर्निर्माण भएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !