इञ्जिनियर कुटपिट गर्ने तीन जना पक्राउ

इञ्जिनियर कुटपिट गर्ने तीन जना पक्राउ

ताप्लेजुङ : सडक विभागका ईन्जिनियरलाई कुटपिट गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  फुङलिङ नगरपालिका–१० फुरुम्बुका हाङनारायण लिम्बु, दिल कुमार फुरुम्बु र रामचन्द्र लिम्बु छन्।

उनीहरुले माघ १८ गते सुकेटार–पाथीभरा सडक सर्वे गरेर सुकेटारस्थित तिवारीको घरमा बसिरहेका बेला ईन्जिनियर सुरेन्द्र भट्ट,सुमन कुमार झा र फुङलिङ नगरपालिका–६ का रुद्र प्रसाद तिवारीलाई कुटपिट गरेको डीएसपपी संञ्जयसिंह थापाले बताए।

तिवारीका श्रीमती र  छोरा (बालक) लाई समेत लछार पछार गरि कुटपिट गरेका छन्। कुटपिटमा संलग्न विरुद्ध सार्वजनिक अपराध गरी अभद्र व्यवहार मुद्धा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरी बुलेटिनमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.