मन्दिरलाई एम्बुलेन्स हस्तान्तरण

मन्दिरलाई एम्बुलेन्स हस्तान्तरण

विराटनगर : डा. सुनिल शर्माले मोरङको पथरीशनिश्चरे नगरपालिका–९ स्थित त्रिपुरेश्वर शिवपञ्चायन मन्दिर व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक शर्माले ११ लाख मूल्य बराबरको एम्बुलेन्स प्रदान गरिएको बताए।

एम्बुलेन्स पाएको खुसीयालीमा स्थानीय बासिन्दाले डा. शर्मा र उनकी पत्नी एवं अस्पतालकी निर्देशक ईन्दिरा शर्मालाई फूलमाला, अविर, दोसल्ला र खादा लगाएर अभिनन्दन गरेका छन्। स्थानीयबासीकोतर्फबाट जेष्ठ नागरिक शेरबहादुर राईले शर्मा दम्पत्तिलाई अभिनन्दन गरी दोसल्ला ओढाए।  

स्थानीय बासिन्दाले अभिनन्दन गरेपछि डा. सुनिल शर्मा र श्रीमती ईन्दिरा शर्मा।

डा.शर्माले गाउँ–गाउँका बिरामीलाई अस्पतालसम्म उपचारका लागि लैजान सहज होस भन्ने उद्देश्य राखेर आफूले एम्बुलेन्स दिएको बताए। उनले मोरङका विभिन्न स्थानमा अब २६ वटा एम्बुलेन्स प्रदान गर्ने घोषणा पनि गरेका छन्। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र लिम्बूले एम्बुलेन्स पाएपछि गाउँका बिरामीलाई उपचारका लागि अस्पतालसम्म लैजान सहज भएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.