अस्पतालमा बालक मृत्यु घटनाबारे छानविन समिति

अस्पतालमा बालक मृत्यु घटनाबारे छानविन समिति

बिर्तामोड : झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बालकको मृत्यु बारे छानविन गर्न छानविन समिति गठन गरिएको छ ।

बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मेचीनगर नगरपालिका–१२ का २५ महिने बालक जेनित राजवंशीको आइतबार राति मृत्यु भएको थियो । छानबिन समिति गठन गरिएसँगै आफन्तले बालकको शव अस्पतालबाट उठाएका छन् ।

बालकको मृत्यु प्रकरणको विस्तृत छानविन गर्न मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरको संयोजत्कत्वमा छानविन समिति गठन भएको हो । समितिको सदस्यहरुमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक, जिल्ला प्रशासन कार्यालय झापाका शाखा अधिकृत सदस्य छन् ।

समितिलाई १० दिनभित्र छानविनको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई पेश गर्न समय दिइएको छ । बैठकले बालकको उपचारको क्रममा लापरवाही गर्ने अस्पतालका कर्मचारीलाई पीडितको पक्षको जाहेरीको आधारमा कानुनी कारवाही अगाडि बढाउने निर्णय पनि गरेको छ । उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित आफन्तले बिर्तासिटी अस्पतालमा आइतबार राति तोडफोड गरेका थिए ।

चिकित्सक नभएका बेला अस्पतालकी नर्सले उपचार गर्दा बालकको मृत्यु भएको मृतक बालकका हजुरबुबार श्रीलाल राजवंशीले दाबी गरेका छन् । झाडापखला लागेर अस्पताल ल्याइएको भए पनि अस्पतालका कामदारको चरम लापरवाहीका कारण बालकको मृत्यु भएको आरोप लगाउँदै बालकका आफन्त र गाउँलेले अइतबार राति अस्पतालमा तोडफोड गरेको हुन् ।

रातभर तनाबग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । घटनाका विषयमा छानविनका लागि अस्पतालका केही कर्मचारीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिए पनि प्रहरीले नाम भने खुलाएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.