वाग्मतीमा पानी बढाउन मुहानमा बाँध

वाग्मतीमा पानी बढाउन मुहानमा बाँध

काठमाडौं : बाग्मती नदीमा पानीको वहाव बढाउन मुहानमै बाँध निर्माण गरी पानी सञ्चय गरिने भएको छ। वर्षेनी वाग्मतीमा पानीको वहाव घट्नु र प्रदूषण बढ्दै गएपछि आठ लाख ५० हजार घनमीटर पानी संकलन गर्ने लक्ष्यसहित धाप बाँध निर्माण थालिएको छ।

वाग्मतीको मुहान क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र रहेको मूलखर्कमा १२ दशमलब ४ हेक्टर जमिनमा २४ मिटर अग्लो धाप बाँध लगाएर पानी सञ्चय गरिने वाग्मती सुधार आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रभात श्रेष्ठले बताए। संकलित पानी हिउँदमा नदीको वहावलाई स्थिर राख्न उपयोग गरिने गरी ४० लिटर प्रतिसेकेन्डका दरले प्रवाह गरिने छ।

करिब ५२ करोड लागतमा गोन्जाओ लामा रमन जेभीले निर्माण गर्ने बाँधको २० प्रतिशत काम सम्पन्न भइ सकेको छ।आयोजनाले वाग्तमीमा थप पानीको वहाव बढाउन वाग्मती बाँध निर्माण गर्न प्रारम्भिक कार्यहरू अघि बढाएको छ। प्रस्तावित बाँध ९० मीटर अग्लो र ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्ने गरी निर्माण गरिने छ। बाँधबाट दुई दशमलब १२ मेगावाट विद्युत् उत्पादन गर्न सकिने गरी अध्ययन सुरु गरेको आयोजनाका प्रमुख आशीष घिमिरेले बताए।

नदी प्रणालीलाई संरक्षण र व्यवस्थापन गर्न एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा हाल काम सञ्चालनमा छन्। आयोजनाको कार्यान्वयन सरकारको सहरी विकास मन्त्रालय, जल तथा उर्जा आयोग, सिंचाइ विभाग र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति मार्फत वाग्मती क्षेत्रमा काम भइरहेको छ। शिवपुरी क्षेत्रबाट उत्पन्न हुने नदीको सुन्दरीजल देखि चोभार सम्मको लम्बाई करिब ३५ किमी छ। मुहानदेखि चोभारसम्म नदीको जलाधार क्षेत्र पाँच सय ८५ वर्ग किमीमा फैलिएको छ।

वर्षाको बेला नदीमा सरदर दुई सय ७४ र सुख्खायाममा सरदर १६ क्युसेक पानी बग्ने गरेको छ। बाग्मती क्षेत्रमा पर्ने वार्षिक औषत वर्षा करिब एक हजार चार सय मिमि मध्ये वर्षायाममा ८० प्रतिशत पानी पर्छ, यो नै वाग्मती नदीको बहावको प्रमुख स्रोत हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.