सात दिनदेखि वेपत्ता व्यक्ति मृत भेटिए
ताप्लेजुङ : फुङलिङ नगरपालिका–३ का सन्तवीर कामी मृत भेटिएका छन्। सात दिनदेखि वेपत्ता ५३ वर्षीय कामीको शव नगरपालिकाकै अमले डाँडास्थित तमोर नदीमा भेटिएको हो।
नदीको ढुंगामा अल्झिएको अवस्थामो उनको शव भेटिएको हो। मानसिक अवस्था ठिक नभएका कामी माघ १५ गते घरबाटै हिँडे लगत्तै बेपत्ता भएका थिए।
उनको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको ताप्लेजुङका प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए।