चन्द्रपुरमा राजपा नेपालको क्षेत्रीय कार्यालय

चन्द्रपुरमा राजपा नेपालको क्षेत्रीय कार्यालय

रौतहट:  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका चार सदस्यले चन्द्रपुरमा क्षेत्रीय पार्टी कार्यालय उद्घाटन गरेका छन्। 

शीर्ष नेताले बुधबार रौतहटको चन्द्रपुर नगरपालिका-५ मा राजपा नेपालको क्षेत्रीय कार्यालय उद्घाटन गरेका हुन्।

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र अनिलकुमार झाले क्षेत्रीय कार्यालय उद्घाटन गरेका हुन्। 

राजपाका अध्यक्ष मण्डलका संयोजक यादवले मुलुकमा रहेका आदिवासी, जनजाति, मुस्लिम, मधेसी वर्गको आर्थि समानता तथा भाषिक समानता वर्तमान संविधानमा नरहेकाले संविधान संशोधन जरुरी रहेको धारणा राखे।

वर्षौदेखि मधेसमा मधेसी जनता उपेक्षित र पीडित छन्।  उनीहरुको उत्थानका लागि राजपा नेपाल आन्दोलनमा रहेको उनको भनाइ छ।

संविधान संशोधन नभए आन्दोलनमा जाने तयारी गर्न अर्का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आग्रह गरे। नेपाल सबै नेपालीको हुनुपर्नेमा त्यसो नभएको र आम नेपालीको नेपाल हुन नसकेको नेता महत्तोको भनाइ छ।

अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारले चिकित्सा विधेयक बहुमतको दम्भमा पास गरेको बताउँदै संसदले नै तानाशाह बनाउने भएको हुँदा अहिलेको सरकार त्यो अभ्यास तिर अघि बढेको भन्दै आशंका व्यक्त गरे।

अध्यक्ष मण्डलका अर्का सदस्य अनिलकुमार झाले  जनताको अधिकार स्थापित नहुन्जेलसम्म राजपा नेपाल  संघर्षमा रहने बताए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.