रामेछाप सिभिल च्याम्पियनसिप : प्रदेश नं १, गण्डकी, नमूनादीप र शान्तिदीप समूह विजेता

रामेछाप सिभिल च्याम्पियनसिप : प्रदेश नं १, गण्डकी, नमूनादीप र शान्तिदीप समूह विजेता

काठमाडौं : मन्थलीमा जारी रामेछाप सिभिल च्याम्पियनसिप तथा चौथो रामेछाप पुरुष भलिबलको लिग चरणका खेल सकिएका छन्। जिल्ला खेलकुद विकास समिति रामेछापले आयोजनामा भएको भलिबल प्रतियोगिताको बुधबार लिग चरणका खेल सकिएका हुन् ।

च्याम्पियनसिपमा प्रदेश नं १, गण्डकी प्रदेश, नमूना दीप युवा क्लब रामेछाप र शान्तिदीप युवा क्लब रामेछाप समुह विजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको समुह 'क' अन्तरगतको प्रदेश नम्बर ३ र गण्डकी प्रदेशबीच भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर ३ लाई २६–२४,२५–९,२५–१९ अंकको सोझो (३-०) सेटले पराजित गर्‍यो । 

समूह 'ग' अन्तरगतको प्रदेश नम्बर २ र नमुना दीप युवा क्लब रामेछापबीच भएको दोस्रो खेलमा नमुनादीपले प्रदेश नम्बर २ लाई २५–१९,२५–२३,२५–१२ अंकको सोझो (३-०) सेटले पराजित गर्‍यो । 

त्यसैगरी समूह 'घ' अन्तरगतको शान्तिदीप युवा क्लब रामेछाप र प्याराडाइज युवा क्लब रामेछापबीच भएको तेस्रो खेलमा शान्तिदीपले प्याराडाइजलाई २५–१९,२५–१८,२५–१७ अंकको सोझो (३-०) सेटले पराजित गर्‍यो । 

यस्तै समूह 'क' अन्तरगतकै सुदूरपश्चिम र गण्डकी प्रदेश भलिबल संघबीच भएको चौथो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २५–१८,२५–२०,२५–१९ अंकको सोझो (३-०) सेटले पराजित गर्‍यो ।पराजित भएसँगै अघिल्लो सालको विजेता सुदूरपश्चिम भलिबल संघ प्रतियोगिताबाटै बाहिरिएको छ।

मंगलबार भएको समूह 'ख' अन्तरगतको प्रदेश नम्बर १ र कर्णाली प्रदेशबीच भएको खेलमा प्रदेश नम्बर १ ले  कर्णाली प्रदेशलाई २५–१८, २५–२१, २५–२२ १९ अंकको सोझो (३-०) सेटले पराजित गरेको थियो। 

क्वाटर फाइनलका खेल बिहीबार बिहानबाट हुने जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिए। उनका अनुसार क्वाटर फाइनल खेलमा गण्डकी प्रदेश र दुई नम्बर प्रदेश, एक नम्बर प्रदेश र प्याराडाइज युवा क्लब, नमुनादीप युवा क्लब  र तीन नम्बर प्रदेश, शान्ति दीप युवा क्लब र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

शनिबार सम्पन्न हुने रामेछाप सिभिल च्याम्पियनसिपमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने टीमले शिल्डसहित क्रमश : तीन लाख, दुई लाख, एक लाख र ५० हजार प्राप्त गर्ने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.