दुर्घटनामा तेह्रथुम र धनकुटामा दुईको मृत्यु

दुर्घटनामा तेह्रथुम र धनकुटामा दुईको मृत्यु

विराटनगर : प्रदेश-१ का धनकुटा र तेह्रथुम जिल्लामा भएका अलग-अलग दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ।धनकुटाको चौविसे गाउँपालिका-८ मा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय मिलन कार्कीको मृत्यु भएको छ।

भित्री सडकखण्डमा सिक्दै गर्दा को १५ प ३७६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खस्दा घाइते भएका कार्कीको उपचारका क्रममा बिहीबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

त्यस्तै तेह्रथुमको फेदाप गाउँपालिका-२ मा परालले घर छाउने क्रममा लडेर घाइते भएका २८ वर्षीय बेदप्रकाश लिम्बूको मृत्यु भएको छ। घरको धुरीबाट तल खसेर घाइते भएपछि उपचारका लागि धरान ल्याउँदै गर्दा लिम्बूको बिहीबार राति बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

स्थानीय स्तरमा उपचार सम्भव नभएको भन्दै जिल्ला अस्पताल म्याङ्लुङले लिम्बूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.