अपहरित भनिएका युवा बलात्कारी ? यसरी खुल्यो पोल

अपहरित भनिएका युवा बलात्कारी ? यसरी खुल्यो पोल

राजविराज : अपहरणमा परेको भनिएका यहाँको तिलाठी कोइलाडी गाउँपालिका–७ का २२ वर्षीय शिवदत्त मण्डलविरुद्ध आइतबार जबरजस्ती करणीको उजुरी दर्ता भएको छ ।

प्रहरीले बाँधिएर राखिएका मण्डललाई गएराति उद्धार गर्‍यो त्यसपछि अपहरणकारी भनिएका दुईजना गिरफ्तार पनि भए । तर बाँधेर राख्नु पर्ने कारण खुलेपछि उनै अपहरणमा परेका भनिएका मण्डलविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।

एक २० वर्षीया युवतीमाथि बलात्कार गरेर फरार हुने क्रममा पीडितका परिवारले मण्डललाई नियन्त्रणमा लिएर रातभर डोरीले बाँधेर राखेका थिए । आरोपितका बुवाले आफ्नो छोरालाई बन्धक बनाएको भन्दै पीडित परिवारका सदस्यविरुद्ध जिल्ला प्रहरी कार्यालयमा अपहरण तथा शरीर बन्धकको उजुरी गरे ।

प्रहरीले बाँधिएर राखिएका मण्डललाई उद्दार गर्नुका साथै पीडितका काका र दाजुलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा दिनभरी थुन्यो ।  

यसैबीच बलात्कृत किशोरी स्वास्थ्य जाँचका लागि राजविराजस्थित अञ्चल अस्पताल आइन् । अस्पताल आएकी उनलाई अस्पतालमा खटिएका प्रहरी र कर्मचारीले पहिले प्रहरीमा उजुरी गर्न र प्रहरी कार्यालयको सिफारिसमा स्वास्थ्य जाँचका लागि अस्पताल आउन सल्लाह दिए । 

अस्पताल बिटका प्रहरी हवल्दार रामशंकर यादवका साथ पीडित जिल्ला प्रहरी कार्यालयमा पुग्दा आरोपित र उनका आफन्तहरु प्रहरी कार्यालय परिसरमा घुमिरहेका थिए भने उनका काका र दाजु प्रहरी हिरासतमा थिए ।

पीडितले घटनाबारे जानकारी गराएपछि आरोपितलाई प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि पीडितका काका र दाजुलाई रिहा गर्‍यो । पीडितका दाजुका अनुसार फागुन ७ गते पीडित किशोरीको विवाह पक्का भइ तिलक (दाइजो) स्वरुप केटा पक्षलाई चार लाख रुपैयाँ दिइसकिएको छ ।

स्वास्थ्य परीक्षणका लागि गएराति अस्पताल लगिएका आरोपितले अस्पतालमा घटना स्वीकार्दै किशोरी राजी भइ आफू विवाह गर्न तयार भएको बताएका छन् । 

यता पीडितकी आमाले दिएको उजुरी दर्ता भई आवश्यक कारवाही प्रकृया चलिसकेकाले कानुनबमोजिम नै कारवाही हुने र अदालतले फैसला गर्ने डिएसपी रिमालले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.