सप्तरीमा एकै दिन तीनजनाको शव भेटियो

सप्तरीमा एकै दिन तीनजनाको शव भेटियो

राजविराज : सप्तरीमा मंगलबार एकै दिन तीनजनाको शव भेटिएको छ । तीमध्ये दुई पुरुष र एक महिला रहेको पुष्टि भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–५ बस्ने बेचन सरदारका छोरा ३४ वर्षीय छुतरु सरदारको पासोमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

घर नजिकै कोशी टप्पुस्थित खयरको रुखमा डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा शव फेला परेको र आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टले बताए ।

यस्तै सप्तरीको बोदे बर्साईन नगरपािलका–८ काचनमा ३६ वर्षीय महेश्वर दासको पनि झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

आफ्नै घरको छानाको बलोमा डोरीको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा शव फेला परेपछि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।

सप्तरीकै छिन्नमस्ता गाउँपालिकामा नाम, ठेगाना नखुलेको एक ७० वर्षीया बृद्धाको शव भेटियो । छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता शक्तिपिठ परिसरमा पाँच वर्षयता एक्लो जीवन बिताउँदै आएका बृद्धा मृत अवस्थामा फेला परेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.