नेविसंघ नेतृत्व विवाद : सप्तरीमा दुई अध्यक्ष

नेविसंघ नेतृत्व विवाद : सप्तरीमा दुई अध्यक्ष

राजविराज : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिए लगत्तै जिल्ला–जिल्लामा भाँडभैलो सुरु भएको छ। 

थपिएको समयमा पनि नेविसंघको महाधिवेशन गर्न नसकेपछि अध्यक्ष महरले राजीनामा दिए लगत्तै जिल्ला जिल्लामा अध्यक्षको आ–आफ्नो दाबीको चिठ्ठी आंतक मच्चिएको छ। 

सप्तरीमा जिल्ला अधिवेशन हुन नसकेको अवस्थामा अहिले एकाएक दुई अध्यक्ष रहेको पत्र सार्वजनिक भएपछि विवाद सार्वजनिक भएको हो। नेविसंघका केन्द्रीय नेताले आफू निकट नेतालाई अध्यक्ष चयन भएको पत्र थमाएपछि विवाद चर्किएको हो। आफू अध्यक्ष भएको दाबी गर्दै सप्तरीका दुई विद्यार्थी नेताले पत्र सार्वजनिक गरेपछि नेविसंघ सप्तरीको विवाद छताछुल्ल भएको छ।

जिल्ला अध्यक्षको रुपमा पार्थो सरकार नियुक्त भएको चिठ्ठी सार्वजनिक भएको एक दिन नबित्दै  मंगलबार घनानन्द यादव अध्यक्ष रहेको अर्को पत्र सार्वजनिक भएको छ। 

नेविसंघका केन्द्रीय प्रतिनिधि ममता मेहताले जिल्ला अध्यक्षमा सरकारलाई मनोनित गरेको पत्र सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त पत्र नक्कली स्कयानिङ्ग गरिएको आरोप लगाउँदै नेविसंघका मुख्य सचिव डिल्लीराज हमालले मंगलबार विज्ञप्ति सार्वजनिक गरेका छन्। हमालद्वारा जारी विज्ञप्तिमा सप्तरीमा यादवको अध्यक्षतामा कार्यसमिति रहेको र नक्कली पत्र सार्वजनिक गर्नेलाई साइबर क्राइमको अपराधअन्तर्गत उजूरी दर्ता गरिएको उल्लेख छ। 

दुईवर्षे कार्यकालका लागि २०७३ भदौ २ गते निर्वाचित महर नेतृत्वको कार्यसमितिको म्याद गत माघ २ गते समाप्त भएपछि दुई पटक गरी पाँच महिना समयावधि थप भएको थियो। सो अवधिमा समेत महाधिवेशन नभए पछि नेविसंघका अध्यक्ष महरले दिएको राजीनामा स्वीकृत गरी महाधिवेशन गर्नका लागि कांग्रेसले संघको नयाँ तदर्थ समिति बनाउने तयारी गरिरहेको छ।

यता जिल्ला जिल्लामा फरक–फरक बिद्यार्थी नेताहरु जिल्ला अध्यक्ष चयन भएको पत्र सार्वजनिक भएपछि बधाई दिने र विरोध गर्नेको तछाड मछाड छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.