पर्यटकीय गन्तव्य बन्दै बाजुराको पोरखे गढी

पर्यटकीय गन्तव्य बन्दै बाजुराको पोरखे गढी

बाजुरा : वर्षौसम्म ओझेलमा परेको बाजुराको बडिमालिका र बूढीनन्दा नगरपालिकाको सीमानामा अवस्थित पोरखे गढी लेक पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ। गडीको प्रचारप्रचारका लागि बडिमालिका नगरपालिकाले फागुन दुई गते 'पोरखे गडी यात्रा' तय गरेको छ। पोरखे लेकसम्म सडकको पहुँच पुग्न थालेपछि अहिले यो क्षेत्र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको हो। 

प्राकृतिक सुन्दरताले भरिएको पोरखे गडी र यस आसपासमा रहेको घनघोर घाँसे मैदानले यस क्षेत्रलाई थप रमणीय बनाएको छ। बाजुराकै अग्लो त्रिशूल रहेको यस क्षेत्रलाई हाल पोरखे लेक नामले चिनिने गर्दछ। ऐतिहासिक गढीकारुपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रा सन्तोषी माता, गुफाताल रहेका छन्। कालाजाग्रा गुफाताल चट्टानभित्र रहेको छ। यसको गहिराई चौडाई मापन गरिएको छैन। यसै क्षेत्रमा कालाजग्रा मन्दिरलगायतका धार्मिक स्थलसमेत रहेकाले यो क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल समेत बन्दै गएको स्थानीय बताउँछन्।

कालाजग्रा गुफा ताल तथा पोरखे लेखलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले बडिमालिका नगरपालिकाले पनि कार्यक्रमको आयोजना गरेको बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवाले जानकारी दिए। फागुन २ गते सो क्षेत्रको अध्ययन तथा भम्रण गरी पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रमुख बडुवालले बताए।

भम्रणका लागि राजनैतिक दल उद्योग बाणिज्य संघ पत्रकार, गैरसरकारी संस्था शैक्षिक संस्था लगायतको उपस्थिती रहने गरी कार्यक्रमको तय गरिएको बडीमालिका नगरपालिका-७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए। 

कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायको सहकार्यमा त्यस क्षेत्रको 'स्थानीय उत्पादनको प्रवर्द्धन र गन्तव्य पोरखे गढी' कार्यक्रमको तयारीका साथ फागुन २ गते बिहान ८ बजेतिर भ्रमण टोली त्यसतर्फ प्रस्थान गर्ने नगरपालिकाले जनाएको छ।
 
पोरखे लेखमा यतीबेला हिउँ समेत जमेकाले त्यहाँ जाने टोलीले हिउँ खेलेर रमाइलो गर्ने, देउडा गजल बाचन, भोटेसेलो घोडचढी र स्कटिङलगायतका कार्यक्रम रहेको छ।सुदुर साहित्यक पतिष्ठान बाजुराले प्रेम दिवसको अवसर पारी सोही दिन पोरखे गजल बाचन कार्यक्रमको समेत तायारी गरेको पतिष्ठानका सचिव कृष्ण ओलीले बताए। 

आन्तरिक र बाहृय पर्यटकीय गन्तव्य बनेपछि यस क्षेत्रका आसपास बडिमालीका नगरपालिका-७ को ढम्कने, बुढीनन्दा नगरपालिको अगाउँ पानी क्षेत्रको सीमा क्षेत्र रहकाले यो क्षेत्रको पर्यटन प्रवर्द्धन गरे जिल्लाको लागि फाइदा पुग्ने नगर प्रमुख बडुवालले बताए।

सुनसान रहेको यो क्षेत्रमा पछिल्ला वर्षमा घुम्न जानेको संख्य वृद्धि भएको छ। पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा व्यापार व्यवसायको संभावना बढ्ने स्थानीयवासी बताउँछन्।विशेषगरी शान्त एवम् मनोरम वातावरण, उपत्यका जस्तो र घाँसे मैदान, विभिन्न ताल तलैयाको मनोरम दृश्यावलोकन गर्न सकिने, धार्मिक तथा ऐतिहासिक सम्पदा र पैदल यात्रीका लागि सहज र सजिलो हुने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्न सक्ने स्थानीयको अनुमान छ।

सदरमुकाम हुँदै बाजुराको प्रमुख व्यापारी केन्द्र तथा एयरपोर्ट बजार कोल्टी र कणाली कालीकोट, मुगुको रारा, हुम्ला जुम्लाको व्यापारिक बाटोको रुपमा प्रचलित सो ठाउँ जाने पदमार्ग सेती कर्णाली राजमार्गसमेतले चिनिने भएकाले यो क्षेत्र पर्यटकका लागि आकर्षक बन्नसक्ने बडिमालिका नगरपालिका-७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए।

यस क्षेत्रमा पिकनिक र चलचित्रको छायांकनका लागि समेत गन्तव्य बन्ने बाजुराका स्थानीय लक्ष्मीराज पाध्यायले बताए। नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विकासका लागि चाँसो दिनसके जिल्लाकै विकट मानिएको यस क्षेत्रको मुहार फेरिने स्थानीय लोकेन्द्र रोकाया बताउँछन्।

यहाँ छिनछिनमा मौसम परिवर्तन भइरहन्छ।छिनमै पानी पर्ने, छिनमै बादल देखिने मात्रै हुँदैन छिनमै घाम पनि झुल्किन्छ। ।अझ पौष महिनादेखि फागुनसम्म हिउँले बेहुलीझैं सजिने फाँट, अनी फाँटको छेउमा मिलाएर रोपिएकाजस्ता देखिने बुट्टाहरुले पर्यटकलाई लोभ्याउने गर्छ। सदरमुकाम बडिमालिका नगरपालिका क्षेत्रको सीमा क्षेत्र पनि हो।बाइसे र चौबिसे राज्य भएको बेला राजाले बनाएको दरवार पोरखे गढी हालसम्म भग्ना अवशेसको रुपमा रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.