जात र धर्मका नाममा दंगा फैलिने खतरा : गृहमन्त्री थापा

जात र धर्मका नाममा दंगा फैलिने खतरा : गृहमन्त्री थापा

बिर्तामोड : गृहमन्त्री रामबहादुर थापाले देशमा पृथकतावादी गतिविधि बढिरहेकाले सचेत रहन नागरिकलाई आग्रह गरेका छन् । जनयुद्ध दिवसको अवसरमा बुधबार झापाको बिर्तामोडमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको भन्दै दावी गरे।

उनले नेकपा नेतृत्वको सरकारको समेत काँध थापिरहको समयमा नेकपा भित्रको एकता देखेर नै राज्य विरोधी शक्ति सल्बलाउन थालेको समेत जिकिर गरे। नेकपालाई अहिले सरकार सञ्चालनदेखि नागरिकको जनभावना कदर र विरोधी शक्तिलाई तह लगाउने जिम्मेवारी एकसाथ आएकाले यसको एकमात्र उपाय नेकपाको पार्टी एकता नै मुख्य रहेको बताए। उनले पाटी एकताका लागि अन्र्तसंघर्ष, बहस र छलफललाई निरन्तरता दिनुपर्ने समेत बताए।

गृहमन्त्री थापाले देश भित्रकै राज्य विरोधी शक्तिलाई अन्तराष्ट्रिय केही शक्तिले साथ दिएकाले यो विषयमा सरकार पनि जानकार रहेकाले त्यस्ता गतिविधिलाई सल्बलाउन नदिन सुरक्षासम्बन्धी कानुन बनाउन सरकार लागेको बताए। 

उनले सरकार नागरिक र देशको सुरक्षामा कटिबद्ध रहेको बताउँदै देश र नागरिकको सुरक्षामा कुनै कञ्जुस्याई नहुने बताए । मन्त्री थापाले झापामा पृथकतावादीको त्यति धेरै बिगबिगी नभए पनि जाति, धर्मका नाममा देशलाई विभाजित गर्ने, साम्प्रदायिक दङ्गा फैलाउने शक्ति यो प्रदेशमा र जिल्लामा रहेको जानकारी दिँदै त्यस्ता तत्वलाई नियन्त्रण गर्न सुरक्षा निकायले विशेष योजना बनाउन जरुरी रहेको बताए। 

पार्टी एकता कार्यदलका संयोजक समेत रहेका उनले पार्टी एकताको विषयमा बोल्दै फागुन दोस्रो साता भित्रमा एकताका सबै प्रक्रिया पुरा हुने जानकारी समेत दिए। पार्टी एकता नहुँदा तलदेखि माथिसम्मका नेता कार्यकर्तामा असर परेको बताउँदै उनले अब केही दिन मात्र धैर्य गर्न आग्रह गरे। 

कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य प्रनिनिधिसभा सदस्य राम कार्की (पार्थ) ले चाँडो पार्टी एकताका नगर्दा नेतृत्व प्रति कार्यकर्ताको आक्रोश बढ्दै गएको बताए। गृहमन्त्री थापाले कार्यक्रमलाई संबोधन गर्नुपूर्व कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा सुरक्षा र सेवा प्रवाहका विषयमा छलफल गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.