कान्तिपुर टिभीको गाडी र मोटरसाइकल ठोक्किँदा दुई घाइते

कान्तिपुर टिभीको गाडी र मोटरसाइकल ठोक्किँदा दुई घाइते

काठमाडौं : राजधानीको तीनकुनेमा कान्तिपुर टिभीको गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्।

गैह्रीगाउँ, तीनकुनेबाट बानेश्वरतर्फ जाने सडक पार गर्न लागेको बा १६ च ४३०२ नम्बरको कान्तिपुर टिभीको गाडी र कोटेश्वरबाट गैह्रीगाउँ सडकतर्फ जाँदै गरेको बा ७८ प ४९९४ नम्बरको मोटरसाइकल मूल सडकको बीचमा ठोक्किएका थिए।

घाइते भएका मोटरसाइकलमा सवार दुईजनालाई उपचारका लागि काठमाडौं मोडेल अस्पताल (केएमसी) लगिएको प्रहरी जवान नेत्र भट्टराईले जानकारी दिए।

गाडी र मोटरसाइकल महानगरी ट्राफिक कार्यालय कोटेश्वर लगिएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.