सिपाहीको ससुरालीमा आलुमुनि १८ किलो सुन

सिपाहीको ससुरालीमा आलुमुनि १८ किलो सुन

महेन्द्रनगर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महेन्द्रनगरमै आएर संगठन शुद्धीकरण गरिरहेको र प्रहरी संगठनभित्रको भ्रष्टाचार निमिट्यान्न पार्ने भनेकै केही दिनमा नेपाल प्रहरीमा रहेका भाइको संलग्नतामा सुन तस्करी भइरहेको खुलेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा सीआईबी सहितको नेपाल प्रहरीको टोलीले बिहीबार १८ किलो सुन बरामद गरेपछि यो रहस्य खुलेको हो।

निर्मला हत्याकाण्ड छानबिनका लागि महेन्द्रनगरमा रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एपी सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आलुको थुप्रोमुनि लुकाई राखेको अवस्थामा १८ किलो सुन बरामद गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीका गंगालाल विकको घरभित्र आलुको थुप्रोमा लुकाई रोखेको अवस्थामा १०८ थान सुनका बिस्कुट फेला पारेको हो।

स्रोतका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ घर भई भारतमा चालकको काम गरिरहेका लक्ष्मण तिरुवाले सुन ल्याएर भाइ सुरज तिरुवालार्इ दिएका थिए । सुरज नेपाल प्रहरीका जवान हुन् । सुरजले सुन ससुराली घरमा राखेको सूचना पाएपछि प्रहरी त्यहा पुगेको थियो ।

सुरज जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन्। ‘सादा पोसाकका प्रहरी र सुरजको सहभागितामा उक्त सुन भारतबाट तस्करी गरी उनको ससुरालीमा लुकाइएको थाहा भएको छ’, अप्रेसनमा खटिएका एक अधिकृतले भने।

सीआईबीले सुरज तिरुवालाई पनि पक्राउ गरेको छ। सुरजलाई नै लगेर प्रहरीले अप्रेसन सफल गरेको सुदूरपश्चिम क्षेत्रका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दले बताए। ‘सीआईबी, त्रिभुवन बस्ती प्रहरी र कैलालीबाट खटिएको अपराधविज्ञ प्रहरीको टोलीले सुन बरामद गरेको हो’, एसएसपी चन्दले भने।

यसअघि निर्मला पन्त हत्याकाण्डपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पहिलो पटक भदौ २२ गते र त्यसपछि पुस १५ गते दुई पटक महेन्द्रनगर आएका थिए। उनले प्रहरीभित्रको भ्रष्टाचार हटाउने र संगठन शुद्धीकरणमा लागिरहेको बताएका थिए।

नेपालमा सुन तस्करीको ठुलो सञ्जाल रहेको भन्दै अहिले प्रहरीका धेरै अधिकृत जेलमा छन् भने केही फरार छन्। प्रहरी संगठनका प्रमुखले भ्रष्टाचार र संगठन शुद्धीकरणको कुरा गरिरहेकै बेला प्रहरी जवानकै मिलेमतोमा सुन तस्करी भएको पाएपछि प्रहरीको नेतृत्वमा माथि नै प्रश्न उब्जिएको छ।

सीआईबीले भने पक्राउ गरिएका व्यक्तिबारे कुनै कुरा खुलाएको छैन। ‘हामी अहिले पनि ‘स्टिल अप्रेसन’ मै छौं’, सीआईबीका एसपी गिरीले भने, ‘यसमा अरू पनि संलग्न छन्।’ उनको नेतृत्वको टोली समाचार तयार पार्दासम्म पुनर्वास क्षेत्रमै छ।

तर, प्रहरी स्रोतकै अनुसार सुरज र लक्ष्मण दुवैजना प्रहरी हिरासतमा छन्। लक्ष्मण भारतबाट पक्राउ परेर महेन्द्रनगर ल्याइँदै गरेका छन् भने सुरजलाई कैलालीबाटै पक्राउ गरेर सुन भएको ठाउँ लगिएको हो।

सीआईबीले पक्राउ परेको सुन, चीन वा दुबईबाट नआएको तर भारतबाट तस्करी भएर आएको अनुमान गरेको छ। ‘बरामद सुनमा लेखिएका अक्षर चीन र दुबईका जस्ता छैनन्, बर्मा, म्यानमारको जस्तो भाषा देखिन्छ, हामीलाई सूचना दिनेले पनि भारतबाट सुन आएको छ भन्ने खबर गरेका थिए’, एसपी गिरीले भने।

प्रहरीले बरामद गरिएको सुन थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाइने जनाएको छ।

एसपी गिरीसहित चार-पाँचजना सीआईबीमा अपराधविज्ञ निर्मला हत्याकाण्डका लागि महेन्द्रनगरमा थिए। कञ्चनपुरमा सुन आएको खबर पाएपछि सीआईबीले गिरीको नेतृत्वमा टिम पुनर्वासतिर पठाएको प्रहरी स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.