अल्का अस्पताल १३ औं वर्षमा
ललितपुर : ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रा लि १३ औं वर्षमा प्रवेश गरेको छ ।
आजकै दिन २०६२ सालमा अल्का अस्पताल स्थापना भएको थियो । ललितपुरकै जावलाखेलमा २०५२ सालमा अल्का फार्मेसी संचालनमा ल्याएका कुमार थापाले सेवा विस्तार गर्दै अस्पताल खोलेका थिए । २०५७ सालमा अल्का पोलिक्लिनिक र त्यसको पाँच वर्षपछि २०६२ सालमा अल्का अस्पतालले संचालन अनुमति पाएको थियो । ‘यहाँसम्म आइपुग्न सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुकै देन हो,’ अस्पतालका अध्यक्ष थापाले भने, ‘यस्तै सहयोग र साथको अपेक्षा फेरि पनि गर्दछु ।’
अल्का अस्पतालले उपचारका नयाँ नयाँ पद्धतिसमेत भित्र्याउँदै आएको छ । अल्का अस्पतालसँग कटिङ्क एज टेक्नोलोजी छ । शल्यक्रियाका लागि नयाँ उपकरण र प्रविधि भित्र्याइएको अस्पतालले जनाएको छ ।
अस्पतालले हाल टेष्ट ट्युव वेवी सेवा, प्रसुति सेवा तथा महिला रोग विशेषज्ञ, डाइवेटिज, बालरोग, मुटु रोग तथा त्यसका सम्पुर्ण परीक्षण, नशासम्बन्धी, जनरल फिजिसियन, बाथ, यौन तथा छालारोग विशेषज्ञ, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा रोग, नाक, कान घाँटी, दाँत रोग विशेषज्ञ, युरोलोजिष्ट, कलेजो रोग विशेषज्ञ, एनेस्थेसिया लगायतका सेवा दिदै आइरहेको छ ।
अस्पतालले आफ्नो स्थापना दिवसका अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्यो । लाइन्स क्लव अफ काठमाडौं अल्का डिष्ट्रिक ३२६ एटुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । वार्षिकोत्सवका अवसरमा अस्पतालले आफ्ना बिरामीहरुलाई फलफुलसमेत वितरण गरिएको थियो।