ट्रक रुखमा ठोक्‍किँदा दुईको मृत्यु, एक घाइते

ट्रक रुखमा ठोक्‍किँदा दुईको मृत्यु, एक घाइते

राजविराज : मैदा लोड भएको ट्रक अनियन्त्रित भई रुखमा ठोक्‍किँदा आइतबार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका-२ स्थित पूर्व-पश्चिम राजमार्गमा ना.५ ख १६५१ नम्बरको ट्रक रुखमा ठोक्‍किँदा ट्रकमा सवार बाराको निजगढ नगरपालिका- ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामाको घट्नास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी भावेश रिमालका अनुसार ट्रक चालक बाराको निजगढ नगरपालिका ८ का २१ वर्षीय सौरभ लामा घाइते भएका छन्। घाइते लामाको सप्तरीको कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.