बलात्कारपछि बालिकालाई जलाउने अभियुक्त पक्राउ

बलात्कारपछि बालिकालाई जलाउने अभियुक्त पक्राउ

जनकपुरधाम : एकजना ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेर शव जलाउने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन २ गते मिथिला नगरपालिका–३ हरीहरपुर, मगर टोलमा मौले कामीको उखुबारीमा नग्न अवस्थामा आधा जलेको बालिकाको शव फेला परेको थियो । 

त्यो शव स्थानीय देवनारायण रसाइलीकी बोल्न नसक्ने छोरी रेश्मा भनिने दुतिया रसाइलीको रहेको पहिचान परिवारका सदस्यले गरेका थिए । 

रसाइलीको फागुन १ गते राति नै बलात्कारपछि हत्या गरी शव जलाएको अभियोगमा प्रहरीले बटेश्वर–४ बैगाली टोल निवासी २२ वर्षीय निरज जर्गा मगरलाई पक्राउ गरेको छ । 

मगरलाई जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । मगरले बोल्न नसक्ने रेश्मालाई फ्रुटी र चाउचाउको लोभ देखाई फाकाएर उखुबारीमा बलात्कारपछि निर्मम हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । 

उनले घटना लुकाउनका लागि शव जलाउने प्रयास गरेको प्रहरी उपरीक्षक शेखर खनालले बताए । फागुन १ गते राति इन्द्र थापा मगरकी छोरी मन्दिराको बिहेभोजमा नाच्दै गरेकी रेश्मालाई त्यहीँबाट फकाएर लगेका निरजले बलात्कारपछि हत्या गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.